२०७६, १० चैत्र सोमबार : नेपालमा एक जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको पुष्टि भएको छ । फ्रान्सबाट कतार हुँदै आएका चैत ४ गते नेपाल आएका ती व्यक्तिको रिपोर्ट हिजो आएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले जानकारी दिनुभयो ।

उताबाट आएपछि उनलाई क्वारेन्टाइनमा राखिएको र रुघाखोकी लागेपछि स्वाब परीक्षण गर्दा आइतबार कोरोनाको संक्रमण देखिएको मन्त्री ढकालले जानकारी दिनुभयो ।

उनीसँग भेटघाट गरेका सबै व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको पनि मन्त्री ढकालले जानकारी दिनुभयो । उनी होम क्वारेन्टाइनमा रहँदा उनले भेटेका सबैलाई क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गरिने पनि मन्त्री ढकालले बताउनुभयो ।

संक्रमितत व्यक्ति १९ वर्षीया युवती रहेको र उपचारका लागि अस्पताल लगिएको पनि उहाँले जानकारी दिनुभयो । युवतीसँगै विमानमा को–को आएका थिए भन्नेबारे पनि अनुसन्धान भइरहेको मन्त्रीले जानकारी दिनुभएको छ ।

from:radionrn