कोरोनाले इटलीमा स्थिति झन् भयावह, एकै दिन ७ सय ९३ जनाको मृ*त्यू

२०७६, ९ चैत्र आईतवार एजेन्सी: कोरोनाले इटलीमा स्थिति झनै भयावह बनेको छ । शनिबार मात्रै त्यहाँ थप ७९३ जनाको ज्यान गएको छ । इटलीमा कोरोनाका कारण एकै दिन भएको यो अहिलेसम्मकै उच्च मृ*त्यु हो ।

वर्ल्ड ओमिटर्सका अनुसार, शनिबार थप ७९३ को मृ*त्यु भएपछि इटलीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार ८ सय २५ पुगेको छ । कोरोनाको उद्गमस्थल चीनको भन्दा यो १ हजार ५६४ ले बढी हो ।

इटलीमा मृत्युदरसँगै संक्रमण दर पनि बढेको छ । बितेको २४ घण्टामा मात्रै यहाँका ६ हजार ५ सय ५७ मानिसमा कोरोनाको लक्षण भेटिएको छ ।

योसँगै कुल संक्रमितको संख्या ५३ हजार ५ सय ७८ छ । यीमध्ये २ हजार ८ सय ५७ को अवस्था गम्भीर रहेको अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार