२०७६, ७ चैत्र शुक्रबार : चिकित्सकहरुले आम मानिसले कोरोनाको संक्रमणप्रति अनावस्यक मनोवैज्ञानिक त्रास पाल्ने गरेकाले समाजमा नराम्रो प्रभाव पार्ने गरेको बताएका छन ।
मनोवैज्ञानिक रुपमा सामान्य रुघा खोकी लाग्दैमा आफुलाई कोरोना संक्रमण भयो भन्ने आसंका गर्ने र त्यसले परिवारमा समेत असरपार्ने उनिहरुको भनाई छ ।
कोरोनाको उपचार र संक्रमणका विषयमा नेपाली रेडियो नेटवर्कसंग कुरागर्दै वरिष्ठ चिकित्सक डा. शेरबहादुर पुनले अहिले सम्म उपचारमा आएका धेरै जसोमा मनोवैज्ञानिक त्रास देखिएको र उनिहरुलाई काउन्सिलिङ दिएपछि उपचारनै गर्नु नपर्ने अवस्था पनि आएको बताउनुभयो । उहाँले अहिले नेपालमा यसको संक्रमण नदेखिए पनि अन्तिम सम्म सर्तक भएर बस्नुपर्ने बताउनुभयो ।
डा. पुनले नाकमा सिगान बग्दैमा र घाँटी खसखस गर्दै कोरोनाको संक्रमण नहुने भन्दै अहिले रुघा खोकीको समय भएकाले सामान्य रुघाखोकी लाग्दैमा उपचारमा आउनुनपर्ने बताउनुभयो । उहाँले सवै मिलेर सामना नगरे र सजगता नअपनाए नेपाल अन्तिम संक्रमक राष्ट्र बन्न सक्ने खतरा रहेकाको दावी गर्नुभयो ।
डा. पुनले भन्नुभयो,‘ मनोविज्ञानले गर्दा मानिसलाई बढी प्रभाव पारेको छ । चिन्ता लिने र रातभरी नसुत्ने जस्ता काम भइरहेका छन् यसले मानिसलाई थप विरामी बनाउँछ ।
यो संक्रमण हुँदैमा मान्छे मर्दैन । यसका पनि स्टेपहरु हुन्छ । कति स्टेपमा पुगेको विरामीलाई कस्तो उपचार गर्ने भन्ने विधिहरु हुन्छन् । सामान्य रुघा खोकी ज्वरो आउदैमा आत्तिनुपर्दैन । रुघा खोकी र ज्वरोले च्याप्दै गयो भने उपचारका लागि जानुपर्छ’ ।
उहाँले धेरैले ल्याव टेस्ट प्रति संका गर्ने गरेको भन्दै यो विश्वकै विशेष प्रविधि भएकाले ल्याव टेस्टको विषयमा संका गर्न आवस्यक नभएको बताउनुभयो ।
सवै प्रकारका रोग ल्याव टेस्टबाटै पत्तालाग्ने र यो विशेष प्रविधिलाई चलाउन नेपालमा पनि धेरै विशेषज्ञ भएको भन्दै पुनले जोखिम भएपनि विदेशमा संक्रमण हुँने तर, नेपालमा किन भएन भनेर सोच्नुपर्ने अवस्था नभएको बताउनुभयो ।
डा. पुनले भन्नुभयो,‘यो सामान्य प्रविधि हैन । त्यसकारण प्रविधिलाई विश्साव गरौ नेपालमा संक्रमण छैन । टेकु अस्पतालले कुनै विरामीलाई भेदभाव गरेको छैन् ।
अरु अस्पतालले खुलाएर पठाएकोको उपचार र काउन्सिलिङ राम्रोसंग भइरहेको छ । टेकुमा उपचार भएन भन्ने कुरा गलत हो । हामीले दिने परामर्श र उपचारमा आएजतिमा संक्रमण नभेटिएकै हो । सक्रमण भटियो भनेपनि एक सयमा १५ प्रतिशत भर्ना मात्रै अस्पताल भर्ना हुनुपर्छ र त्यसमा पनि ५ प्रतिशतमात्रै बेडमा जाने हो’ ।
from:radionrn






















