कोरोनाको उपचार गर्न तीन अस्पताल तोकियो

कोरोना भाइरसको सम्भावित संक्रमणलाई मध्यनजर गर्दै सरकारले २ सय ३५ आईसीयू बेड तयार पार्ने भएको छ । साथै कोरोनाको उपचारका लागि काठमाडौं उपत्यकामा तीन वटा अस्पताल छुट्याइएको छ ।

चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमण विश्वका १२० भन्दा बढी देशमा फैलिएको छ । यसलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले महाहारी घोषणा गरिसकेको छ । कोरोना संक्रमण फैलिन नदिन नेपालले पनि पर्यटक भिसा रोकेको छ भने धेरै संक्रमण फैलिएको देशबाट आएकाहरुले क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरेको छ ।

कोरोनाको संक्रमण रोकथामका लागि सरकारले गरिरहेको प्रयासबारे जानकारी दिदै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कारोना भाइरसलाई नेपालमा प्रवेश गर्न नदिने प्रयास भइरहेको बताउनुभयो ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग, पाटन अस्पताल र कीर्तिपुर अस्पतालमा कोरोनाको मात्र उपचार गर्ने व्यवस्था मिलाइनेछ भने वीर अस्पतालको नयाँ भवनलाई पनि कोरोनाको मात्र उपचार गर्ने अस्पताल बनाउने तयारी छ ।

संक्रमण भित्रिहाल्यो भने पनि नियन्त्रणमा लिनसक्ने गरी काम भइरहेको भन्दै उनले भयभीत र आतंकित नहुन सर्वसाधारणलाई अपील गरेका छन् । अहिलेसम्म नेपालमा ४ सय ६४ जनाको परीक्षण गरिएको र सबै रिपोर्ट नेगेटिभ आएका छन् ।

from: radionrn

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार