वैदेशिक रोजगारीले देशमा ठूलो मात्रामा रेमिट्यान्स भित्रिएको छ । धेरै युवायुवतीले अर्काकै देशमा भए पनि रोजगारी पाएका छन् । घरपरिवारको आर्थिक अवस्था सुध्रिएको छ । झट्ट हेर्दा वैदेशिक रोजगारीले परिवारदेखि देशको अर्थतन्त्रमा ठूलो टेवा पुर्‍याएको छ । तर, वैदेशिक रोजगारीले नकारात्मक पक्षहरु पनि समेटेको छ भन्दा अतियुक्त नहोला ।

वैदेशिक रोजगारीले परिवारमा विभिन्न समस्या निम्त्याएको छ । घरको मूली विदेशमा काम गर्न जाँदा त्यसको असर बुवाआमा, श्रीमती र सन्तान लगायत परिवारका अन्य सदस्यमा परेको छ । श्रीमतीलाई एक्लोपन महसुस हुने र बढी दबाबमा काम गर्नुपर्ने हुन्छ । यसको नकारात्मक प्रभाव श्रीमान् श्रीमतीबीचको सम्बन्धमा पनि परेको हुन्छ ।

अधिकांश परिवारमा पुरुष विदेश गएका हुन्छन् भने कतिपय अवस्थामा महिला अथवा कसैको आमा विदेश गएका हुन्छन् । यस्तै बुवाआमा दुवै जना वैदेशिक रोजगारीमा जाने र घरमा छोराछोरीलाई एक्लै छाड्ने अथवा आफन्तको जिम्मा लगाउने गरेको पनि पाइन्छ ।

श्रीमान् वैदेशिक रोजगारीका क्रममा श्रम गर्दा श्रीमतीले अर्कै बाटो रोजेको घटना आजकल धेरै घटिरहेका छ, जुन हामीलाई पहिला सुन्दा नौला लाग्थे । तर, तेह्रथुममा भने अलि फरक घटना घटेको छ । २८ वर्षिया भाउजुको हत्या गरेको आरोपमा देवरहरु पक्राउ परेका छन् । तेह्रथुमको आठराई–४, ईवा तीनसल्लेमा बिहीबार विन्दा पुरीको हत्या आरोपमा देवरहरु पक्राउ परेका हुन् ।

वैदेशिक रोजगारीको शिलशिलामा विन्दाका श्रीमान् दुबईमा रहेका छन् । यता घरमा आफ्नै दुई जना भाइहरूद्धारा भाउजूको हत्या गरेको खुलेको छ । देवरहरु सुरेन्द्र पुरी र बालकृष्ण पुरीले ह*त्या गरेको ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक शेशकराम थान्दारले जानकारी दिएका हुन् ।

दाजुले विन्दालाई मात्र पैसा पठाउने गरेको र आर्थिक चलखेल गर्न नपाएकाले हत्या गरेको सुरेन्द्र पुरी र बालकृष्ण पुरीले प्रहरीलाई बयान दिएका छन् । झापाबाट बुधबार राती गाडी रिजर्भ गरी आठराई ईवा स्थित भाउजु विन्दाको घरमा आएर ह*त्या गरेर बिहिबार विहान गाडी रिजर्भ गरी देवरहरु पुनः झापानै फर्किएको बताइएको छ ।