तेह्रथुमको आठराई-४, ईवा तीनसल्लेमा एक महिलाको हत्या गरिएको अवस्थामा शव फेला परेको छ। २८ वर्षीया विन्दा पुरीको ईवा तीनसल्ले स्थित आफ्नै घरमा हत्या भएको अवस्थामा श*व फेला परेको प्रहरीले जनाएको छ ।

घटना बारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक शेशकराम थान्दारले जानकारी दिनुभयो । विन्दाका श्रीमान् वैदेशिक रोजगारीमा दुबईमा रहेको बताईएको छ । उनका १० वर्ष र १५ महिनाका दुई छोराहरू रहेकोे वडा अध्यक्ष श्यामकुमार भट्टराईले जानकारी दिनुभएको छ ।

घटनाको अनुसन्धानको लागि स्थानीय ५ जना युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियाे । जसमध्ये ३ जना छाेडिएकाे र बाकी २ माथी थप अनुसन्धान भैरहेकाे बताइएकाे छ । अनुसन्धानमा रहेका युवाहरुको नाम प्रहरीले सार्वजानिक गरेको छैन ।

बिहीबार विन्दा पुरीको ह*त्यामा संलग्न भएको आंशकामा दुईजनालाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धानको लागि प्रहरीको नियन्त्रणमा रहेका स्थानीय ५ जना युवाहरुलाई भने तारीखमा छाडिएको ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक शेशकराम थान्दारले जानकारी दिनु भयो ।

अनुसन्धानमा रहेकाहरुको नाम प्रहरीले सार्वजानिक गरेको छैन । २८ वर्षीया विन्दा विभत्स ह*त्याको प्रारम्भिक अनुसन्धान भने सकिएको बताइएको छ । ह*त्याको कारण भने खुलेको छैन् । आफ्नै घरमा हत्या भएकी विन्दाको धरान स्थित घोपा क्याम्पमा पोस्टमार्टम भएको छ । पोस्टमार्टमपछि शव परिवारलाई प्रहरीले जिम्मा लगाएको छ ।

आफ्नै घरमा विन्दाको हत्या भएको अवस्थामा शव फेला परेको थियो । १० वर्ष र १५ महिनाका दुई छोराहरु सहित विन्दा आफ्नै घरमा बस्दै आएकिथिन । घाटीमा धारिलो हतियारले रेटेर ह*त्या भएको अवस्थामा शव फेला परेको तेह्रथुम जिल्लाका डियसपी नविन किश्वर प्रधानले जानकारी दिनु भयो ।

प्रदेश स्तरीय प्रहरी अनुसन्धान टोली डग स्न्याफिङ सहित घटना स्थलमा डियसपि सुमन तिम्सिना, तेह्रथुम जिल्लाका डियसपी नविन किश्वर प्रधान, अनुसन्धान प्रहरी निरीक्षक तेजबहादुर दाहाल, ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक शेशकराम थान्दार सहितको विशेष प्रहरी टोलीले अनुसन्धान गर्दैछ । विन्दाका श्रीमान् वैदेशिक रोजगारीमा दुबईमा रहेका छन् । from: Hamrosawal