चीनले अब कोरोना भाइरसको महामारी आफ्नो मुलुकमा समाप्त भएको जनाएको छ । राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ताले आज यस्तो घोषणा गरेका हुन्।

पछिल्लो समय चीनमा कोरोना भाइरसका नयाँ संक्रमित भेटिने क्रम बन्द भएपछि यस्तो घोषणा आएको हो । चिनियाँ स्वास्थ्य आयोगका प्रवक्ताको भनाइ उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ ।

चीनको वुहानबाट सुरु कोरोना भाइरसको संक्रमण पछिल्लो समय इटाली, कोरिया, जापान, इरान लगायत मुलुकमा फैलन थालेको छ ।

चीनकै वुहान बाहेक अन्य सहरमा भने संक्रमण फैलन पाएको छैन । यसका लागि चीन सरकारले सुरुदेखि नै उच्च सतर्कता अपनाउँदै आएको थियो ।

हालसम्म एक लाख १० भन्दा बढीलाई कोरोना भाइरस संक्रमण देखिएको छ भने ४ हजार ६ सय भन्दा धेरैको मृत्यु भइसकेको छ ।

यसमध्ये अधिकांश चिनियाँ नै छन् । साथै कोरोनाको सबैभन्दा बढी प्रभावित भूमि पनि चीन नै बनेको छ ।

from: radionrn