नयाँ कुरो समाचार ।। एभरग्रिन एकेडेमी इङलिस स्कूलले आफ्नो २४ औ बार्षिकोत्सव मनाएको छ । पाँचथरको तुम्वेवा गाउँपालिकाको केन्द्र मौवा बजारमा सञ्चालनमा रहेको स्कूलले स्थापना भएको २४ औ बर्ष प्रवेश गरेको अवसरमा विद्यालयमा विभिन्न कार्यक्रमको आयोजना गरेको थियो।


तुम्वेवा गाउँपालिका अध्यक्ष होमनाथ थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष धनप्रसाद साँवा, तुम्वेवा गाउँपालिका ३ नं. वडाध्यक्ष कमल थापा, वडा नं. ३ वडा सदस्य अविर जंग माङलाक, नेपाल शिक्षक संघ संघिय प्रतिनिधी खड्गबहादुर थापा, समाजसेवी बाबुराम खड्का, शिक्षक महासंघ तुम्वेवा अध्यक्ष रविलाल श्रेष्ठ, शिक्षक संघ अध्यक्ष तुम्वेवा गाउँपालिका अमर सम्वाहाम्फे, शिक्षक महासंघ जिल्ला सदस्य रविन थापा, इलाका प्रहरी कार्यालय तुम्वेवाका इन्चार्ज जिवन वोगटी, शिक्षक, अभिभावक, विद्यार्थी लगायत सरोकारवाला र शिक्षक, अभिभावक र विद्यार्थीको बाक्लो उपस्थिती रहेको थियो ।


यसरी नै राजनितिक दल तर्फबाट नेकपा संयोजक खड्क सम्वाहाम्फे, नेपाली कांग्रेसका तुम्वेवा संयोजक अविनारायण थापा, राप्रपा संयोजक नरमान थापा, संघिय समाजवादी संयोजक रोशन लावती लगायतको उपस्थिती रहेको थियो । बार्षिकोत्सतव कार्यक्रममा विभिन्न स्टलहरु राखेर डाठ, होप्ला, डङ सर्ट, बास्केटबल, ह्विल अफ फच्र्युन, ब्रेकिङ द पिरामिण, लक्कि नम्बर सेभेन, कार रेसिङ, ग्लास डिस्पोजल लगायतका खेल सञ्चालन तथा विविध खानेकुराहरुको प्रदर्शनी र विक्रि समेत गरिएको थियो ।


विद्यार्थीको चौतर्फी विकासलाई ध्यान दिदै आगामी दिनहरुमा समेत यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने विद्यालयका प्रिन्सिपल गणेस भण्डारीले बताउनुभयो । हाल कक्षा ६ सम्म सञ्चालन भइरहेको विद्यालयले आगामी दिनमा अभिभावकको आवश्यकतालाइ मध्यनजर गर्दै सेवा क्षेत्र र कक्षाहरु विस्तार गर्दै लगिने विद्यालयका संस्थापक अध्यक्ष ज्ञानबहादुर भण्डारीले बताउनुभयो ।






















