प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रेस प्रकरणमा पूर्व सञ्चार मन्त्री गोकुल प्रसाद बाँस्कोटाले ७० कारोड कमिसनकाे डिल गरिरहँदा हामी भनेर सम्बोधन गरेको भन्दै त्याे हामी भनेर कस–कसलाई भन्न खोजीएको हो भनि प्रश्न गरेका छन् ।
प्रतिनिधि सभाको आजको बैठकको शुरुवातमै विशेष साय मागेर देउवाले पूर्व सञ्चारमन्त्री बाँस्कोटाले भनेकाे हामी काे हाे भनि जान्न चाहेकाे बताए ।
उनले उक्त अडियाे प्रकरणबारे छानवीन हुनु अघिनै नक्कली अडियाे भन्दै अभिव्यक्ति आएकाले निश्पक्ष छानविन हुन्छ की हुदैन भनि जानकारी माग गरे ।
पूर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले नेपाल ट्रष्टको कार्यालयले हालै सार्वजनिक गरेको स्वेत पत्रमा राजनीतिक पूर्वाग्रहमा आफ्नो नाम जोडेको भन्दै त्यसमा पनि आपत्ती जनाए ।
खबरमञ्च






















