बैंक कर्मचारीको हत्या गर्ने अर्का आरोपी १६ वर्ष ८ महिनाका सुधार गृहमा
पाँचथर: जिल्ला अदालतले प्रेमिकाको घाँटी रेटेर हत्या गरेको अभियोग लागेका १९ वर्षीय किशोरलाई जीवन रहेसम्म कैद सजाँयको फैसला सुनाएको छ ।
जिल्लाको हिलिहाङ गाँउ पालिका ४ पञ्चमीकी १६ वर्षीय सितल योङहाङको हत्या आरोपमा पक्राउ परेका पदम तामाङलाई जीवन रहेसम्म कैद सजाँय गर्नुका साथै उनका सहयोगी भगिरथ वास्तोलालाई नावालक ठहर गर्दै १२ वर्ष ६ महिना वाल सुधार गृहमा राख्न फैसला सुनाएको हो ।
हत्यामा संलग्नता आरोप लागेका पदमका काका कर्णवहादुर तामाङलाई ३ वर्ष कैद गर्न पनि फैसलामा भनिएको छ । पाँचथर जिल्ला अदालतका न्यायधिष मोहनराज भट्टराईको इजलासले शुक्रवार मुद्धाको फैसला सुनाएको हो ।
१६ वर्षीय सितल योङहाङलाई बैशाख २९ गते तामाङले आफ्ना सहयोगी सहित नजिकैको खाली घरमा लगेर हत्या गरेका थिए । यस्तै पाँचथरकै हिलिहाङ ७ मा बैंक कर्मचारी सुजाता तामाङको हत्या आरोपमा पक्राउ परेका १७ वर्षीय घनेन्द्र लावतीलाई १६ वर्ष ८ महिना बाल सुधार गृहमा राख्नका साथै १ लाख रुपैंया क्षतिपुर्ती भराउन फैसला सुनाएको छ ।
उनले असार ५ गते जिल्लाको हिलिहाङ ६ रातमाटेमा बैंक कर्मचारी तामाङको घाँटी काटेर हत्या गरेका थिए । हत्या आरोपी लावती अनुसन्धानका क्रममा अहिले पनि विराटनर स्थित वाल सुधार गृहमा छन ।






















