भिम चेम्जोङको शब्दमा रहेको “छुइयाहा पकन्दी” गितको म्युजिक भिडियो सार्वजनिक …

प्रिय योङ्हाङ, पाँचथर ।। लिम्बु भाषिक गायक तथा गजलकार भिम चेम्जोङको शब्दमा रहेको “छुइयाहा पकन्दी” गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त म्युजिक भिडियोमा चर्चित कलाकार मौसम इम्बुङ ( फुलन्देको बाबु ) र कौशिला चोङ्बाङले अभिनय गरेका छन् ।

किरात लिम्बुहरुको महान पर्व चासोक तङ्नामलाइ परिकल्पना गर्दै भिडियो निर्माण गरिएको हो । सुमन कुरुम्बाङ र सिता सिंगकको आवाजमा रहेको उक्त गितमा सङ्गीत आङ्खेवाको संगीत रहेको छ ।

सङ्गीत आङ्खेवाको निर्देशनमा तयार पारिएको भिडियोमा नागिन धिमाल र तिर्थराज राईले छायांकन गरेका हुन् । हाङ अन्लाईन युट्युब बाट सार्वजनिक गरिएको यस म्युजिक भिडियो गायक सुमन कुरुङ्बाङले निर्माण गरेका हुन ।

आफ्नो संस्कारसस्कृती र पहिचानलाई संरक्षण एवं सर्वद्धन गर्न विभिन्न भाषिक गित तथा गजल लेख्दै आइरहेको लिम्बू भाषिक तथा गजलकार भिम चेम्जोङले बताउनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार