‘नेपाल कोरोना मुक्त छ, चीनमा भएका विद्यार्थी पनि सुरक्षित छन्’

२०७६ माघ १८: टेकु अस्पतालका डाइरेक्टर डा.बासुदेव पाण्डेले नेपाल अहिले सम्म कोरोना भाइरसबाट मुक्त रहेको बताउनुभएको छ ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको महामारीलाई लिएर विश्व संकटकाल घोषणा गरेको अवस्थामा उहाँले त्यसको असर अहिले सम्म नेपालमा नदेखिएको दावी गर्नुभएको छ ।

नेपाली रेडियो नेटवर्कसंग कुरागर्दै डा.पाण्डेले स्वास्थ्य मन्त्रालयले टेकु अस्पताललाई कोरोना भाइरस उपचारको पहिलो प्राइमरी सेन्टर बनाएकाले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार सवै उपचारको तयारी भइरहेको बताउनुभयो ।

डा.पाण्डेले टेकु अस्पतालमा अहिले सम्म ७ जना संकास्पद विरामी आएकामा एकजनामा पोजेटिभको संका लागेर केहि दिन निगरानीमा राखिएको र अरुलाई सामान्य उपचार पछि घर फर्काइएको जानकार दिनुभयो । उहाँले पोजेटिभ देखिएको विरामीमा पनि यसको भाइरस नभेटिएकाले घर फर्काएर परिवारको निगरानीमा राखिएको बताउनुभयो ।

डा. पाण्डेले भन्नुभयो,‘टेकु अस्पतालामा अहिले सम्म यस्ता विरामी ७ जना आएकोमा सवै घर फर्किएका छन् । एक जनामा पोजेटिभ देखिएको थियो तर, त्यसमा पनि कोरोनाको भाइरस रहेको भेटिएन र घर फर्काएका छौँ ।

अहिले सम्म पशुपंक्षीबाट भाइरस फैलने अवस्था देखिएको छैन । व्यक्ति देखि व्यक्तिमा सरेको पनि नभेटिएकाले नेपालमा यो सर्ने अवस्थामा छैन’ ।

उहाँले चीनमा पशुुपंक्षिबाट मान्छेमा सरेपछि मान्छेबाट मान्छेमा सरको हुँदा धेरै क्षेत्रमा फैलिएको भएपनि चीनबाट नेपाल आएकाहरुमा यस्तो भारस रहेको अवस्थामा मात्र सर्ने सम्मभना रहने बताउनुभयो । पाण्डेले अहिले रुघा खोकिको समय भएकाले कसैलाई संका लागेका उपचारमा आउन आग्रह गर्नुभयो ।

संका लागेर उपचारमा आएका विरामीको उपचार भइरहेको तर, कसैमा पनि यसको लक्षण नदेखिएकाले नेपालमा यसको जोखिम नभएको र अहिले सम्म व्यक्तिबाट व्यक्तिमा सरेको पनि नभेटिएको उहाँको भनाइ छ । उहाँले टेकु बाहेकका केहि ठाँउहरुमा पनि यसको परिक्षणको व्यवस्था मिलाइएको बताउनुभयो ।

डा.पाण्डेले भन्नुभयो,‘ हामी तयारी अवस्थामा छौ । एक मात्र अन्र्तराष्ट्रिय विमान भएकाले त्यहाँ पनि राम्रो हेल्प डेस्क राखेका छौ । जहाजबाट आएकाहरुको हेल्प डेस्कले जाँच गर्छ र संका लागे माथि पठाउछ हामी उपचार गर्छौ ।

यो भाइरस रुघा,खोकि र स्वासप्रस्वासबाट सर्ने भएकाले मास्क लगाउनुपर्छ । पशुपंक्षिको मासु राम्ररी पकाएर खानुपर्छ । रुघा खोकि लागेको मान्छले अरुको सम्पर्कमा नजाने जस्ता कुरा गरे धेरै बच्न सकिन्छ’ ।

उहाँले चीनमा अध्यायनरत विद्यार्थीहरुलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको बताउदै चीनमा भएका विद्यार्थीसंग सम्पर्क भइरहेको र एकसाताभित्रमा नेपाल ल्याउने तयारी रहेको जानकारी दिनुभयो । पाण्डेले चीनबाट ल्याइएका विरामा कोरोना भइरस भएको नभेटिए पनि उनिहरुलाई नेपाल ल्याएपछि उपचार गर्न ६ वटा वार्डलाई पुरै खालि राखिएको बताउनुभयो ।

(from:radionrn)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार