काठमाडौंमा जारी शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबारदेखि नवौं चरणको खेल शुरु हुने भएका छन् । आठौं चरणको समाप्तिमा त्रिभुवन आर्मी १७ अंकसहित शीर्ष स्थानमा रहँदा दोस्रो र तेस्रो स्थानमा रहेका मछिन्द्र र मनाङ छन् । दुवै टोलीको समान १६ अंक रहेको छ ।

नवौं चरणका चार खेल रंगशाला र तीन खेल एन्फा मैदान सातदोवाटोमा हुनेछन् । नवौं चरणको पहिलो दिन दुई वटा खेल हुनेछन् । जसमा एपीएफ र नेपाल पुलिस मध्यान्ह १२ बजे भिड्ने छन् ।

यस्तै सोमबार नै दिउँसो तीन बजे मछिन्द्र र थ्रीस्टार आमने सामने हुने छन् । मंगलबारका दुवै खेल सातदोवाटो एन्फा मैदानमा हुने छ । पहिलो खेलमा विहान साढे ११ बजे हिमालयन शेर्पा र सरस्वतीले प्रतिस्पर्धा गर्ने छन् ।

मंगलबार नै जावलाखेल युथ क्लब र त्रिभुवन आर्मीले दिउँसो तीन बजे खेल्ने छन् बुधबार एउटा मात्रै खेल हुने छ । जसमा मनाङ र संकटाले एन्फा मैदानमा दिउँसो तीन बजे प्रतिस्पर्धा गर्ने छन् ।

विहीबार नवौं चरणका अन्तिम दुई खेल भने रंगशालामा हुने छन् । मध्यान्ह १२ बजे फ्रेण्ड्स र च्यासल तथा दिउँसो तीन बजे एनआरटी र व्रिगेड ब्वाईजले खेल्ने छन् ।

radionrn