नयाँ कुरो समाचार ।। विगत केही घण्टा देखी “अष्ट्रलिया काण्ड” सामाजिक सञ्जालमा भुषको आगो झै सल्किरहेको छ । “जापान काण्ड” भन्दा खत्रा भन्दै भाइरल भैरहेको यो प्रसंगले फेरी ब्यक्तिगत भिडियोहरु सार्वजनिक हुने श्रृङखला नरोकिएको पुष्ट्याउछ ।

असावधानीले सार्वजनिक हुने यस्ता भिडियोहरुले कसैको जिन्दगीनै बबार्द पारिरहेका हुन्छन् । विशेस गरी यस्ता ब्यक्तिगत भिडियोहरु सार्बजनिक हुनेमा विदेशमा बस्ने नेपाली हरुको संख्या बढ्दै गइरहेको छ ।

मनोविदहरुले यस्लाइ स्वतनत्रता संग समेत दाँजेर हेर्ने गरेका छन् । घर परिवार भन्दा धेरै टाढा हुँदा परिवारले देख्दैन या भनौ आफन्तले भेट्दैन भन्दै जे सुकै गर्ने हिम्मत आउने तर इन्टरनेटले गर्दा संसार साँघुरो भैरहेको भन्ने विर्सने जस्ता कारण समेत युवा पुस्ता पछिल्लो समय समस्यामा पर्ने गरेको मनोविदहरु टिप्पणी गर्छन ।

पछिल्लो पटक “अष्ट्रलिया काण्ड” को नाममा बाहिरिएका ३ वटा भिडियो क्लिपहरु समेत फेसबुक म्यासेन्जरमा भुषको आगो जस्तै सल्किरहेका छन् । यौन कार्यमा लिप्त बनेका जोडिको भिडियो भने पुर्व सहमति अनुरुपनै खिचेको देख्न सकिन्छ । केटा स्वेयंले खिचेको जस्तो देखिने यस भिडियोमा केटिले समेत भिडियो खिच्ने कार्यलाई पुर्ण समर्थन गरेको पाइन्छ ।

भलै युवती नेपाली हैनन भन्ने टिका टिप्पणी समेत भैरहेका छन् । मानिसहरुको यौन प्रतिको अतृप्त चाहना, आ हेरिदिउन त भन्ने जस्तो सोच, तथा रमाइलोको लागी साथीभाइमा म्यासेज आदान प्रदान, सामाजिक सञ्जालका लाखौ सदस्य भएका ग्रुपमा पोष्ट हुने जस्ता कारणले यस्ता सामाग्रीहरु पिडितले पत्तै नपाइ भाइरल हुने गर्दछन् ।

अश्लिल सामाग्री राख्ने साइटहरुमा यस्ता भिडियोहरु अपलोड भैसक्दा मात्रै पिडितले पत्तो पाउने अवस्था समेत विगतका केही घटनाहरुमा देखिन्छ ।

विशेषत यस्तो भिडियो रमाइलोको लागी खिचिएता पनी डिजिटल डिभाइसमा कुनै पनी कुरा सुरक्षित नहँुने विज्ञहरु बताउछन् । तपाइले जतिनै लक लगाएर राखेको भएता पनी सजिलै ह्याकरहरुको निशानामा पर्न सक्ने, मोवाइल अचानक विग्रिएमा मर्मत सेन्टरमा जानै पर्ने र सो स्थानबाट समेत बाहिरिने, आफ्नै मोवाइल साथभिाइले गलत प्रयोग गरिदिने तथा तपाँइसंग सम्बन्धमा भएको मानिसले सम्बन्ध विग्रीएपछी उक्त अश्लिल सामाग्रीहरु सार्वजनिक गरिदिने जस्ता क्रियाकलाप हुने गरेको नेपाल प्रहरीको अनुसन्धानले समेत देखाइसकेको छ ।

आफ्नो निजी जिन्दगीको भिडियो क्यामेरामा कैद गर्नु नै सबैभन्दा ठुलो भुल हुने विज्ञहरु बताउछन् ।