
प्रिय योङहाङ, पाँचथर: पाँचथर बहुमुखी क्याम्पसमा ज्योति चाँपागाई संयोजक रहेको ९ सदस्यीय खानेपानी मर्मत तथा संभार सहयोग समिति गठन भएको छ ।
आज क्याम्पसमा भएको भेलाले समिति गठन गरेको हो । समितिको सदस्यहरुमा इवारा जवेगू, चित्रकला हाङ्सरुम्बा, नविन बुढाथोकी, युन्छोहाङ आङदेम्बे, मुना तुम्बापो, जिना नेम्बाङ र मनिसा सेलिङ चयन भएका छन् ।
क्याम्पसममा नियमित पिउदै आएकाे पानी लाइ शुद्धिकरण, प्लान्ट सर्भिसिङ तथा कन्या छात्रावासमा पानी आपुर्ती प्रणाली मर्मत संभारका लागि प्रदेश नं १ सरकाको आर्थिक मामिला तथा योजना मन्त्रालयबाट विनियोजित रकम मार्फत खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डिभिजन नं.–१ मार्फत योजना अगाडी बढ्न लागेको हो ।
क्याम्पसमा क्याक्पस प्रमुख खेमनाथ खतिवडा, सहायक क्याम्पस प्रमुख लक्ष्मी प्रसाद ढुंगानाको आतिथ्यमा समिति गठन भएको हो । मर्मत संभार कार्य सम्पन्न गर्नका लागी सहयोग समितिले सक्रिय भुमिका निर्वाह गरी आवश्यक सहयोग गर्ने संयोजक चापागाँई ले बताउनु भयो ।