५ माघ, विराटनगर । प्रदेश १ मा ४ जना राज्यमन्त्री थपिने भएका छन् । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गर्ने लागेका हुन।
मुख्यमन्त्री राईले ओखलढुंगाका अम्बिर गुरुङ, इलामका राम राना, झापाकी जसमाया गजमेर र मोरङका विजय विश्वासलाई राज्यमन्त्री नियुक्त गर्ने छन् । चारैजनालाई आइतबार अपराह्न सपथ ग्रहण गराउने तयारी भएको छ ।
मुख्यमन्त्री शेरधन राईले जसमाया गजमेरलाई सामाजिक विकास मन्त्रालय, अम्बिर गुरुङलाई भौतिक पूर्वाधार, राम रानालाइ भूमि कृषि तथा सहकारी मन्त्रालय र विजय विश्वासलाई पर्यटन मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी दिने तयारी गरेका छन् ।
एक नम्बर प्रदेशमा सात वटा मन्त्रालय छन् । मुख्यमन्त्री शेरधन राईले भौतिक योजना तथा पुर्वाधार विकास र भूमि, कृषि तथा सहकारी मन्त्रालय आफैं हेर्दै आएका छन् ।