पाँचथर ०५ माघ ।। पाँचथरमा ७२ बर्षिया बृद्धालाइ बलत्कार गर्ने युवक पक्राउ परेका छन् । हिलिहाङ गाउँपिलकाकी एक बृद्धालाइ गत माघ ३ गते बलत्कार गरेको आरोपमा सोही स्थानका २८ बर्षिय कुमार योञ्जन तामाङ पक्राउ परेका हुन् ।
उनले घरमा एक्लै बस्ने पिडित बृद्धाको घरमा रातीको समयमा प्रवेश गरी पटुकामा बाँधेर राखेको १४ हजार ३ सय चालिस रुपैया समेत लुटेर लगेको प्रहरीले जनाएको छ ।
पैसा खोसे पश्चात बृद्धालाइ कुटपिट गरी थिची वलात्कार गरि फरार रहेकोमा प्रहरीले माघ ४ गते उनलाइ पक्राउ गरेको हो ।
उनलाइ जबरजस्ती करणी र डाका चोरि अन्तर्गत मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
गाँउका स्थानिय ब्याक्तिहरुका अनुसार पिडित महिलाको श्रीमान को ७ वर्ष अगाडी मृत्यु भएको र निजहरुको कुनै सन्तान नभएकाले पिडित घरमा एक्लै वस्दै आएकि थिइन ।