प्रिय योङ्हाङ, पाँचथर ।। पाँचथर फिदिममा लिम्बु पत्रकार संघ दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । शनिवार फिदिम स्थित यु.के होटल को सभाहल मा सम्पन्न भएको हो । दोश्रो अधिवेशन बाट उपेन्द्र एक्तेन को अध्यक्षतामा १३ सदस्यीय कमिटी बनेको छ ।
उक्त संघको उपाध्यक्षमा नुनम केरुङ, सचीवमा प्रिय योङ्हाङ र कोषाध्यक्षमा रजनी हाङ्सरुम्बा निर्वाचित भएका छन भने सदस्यमा सम्झना योङ्हाङ, युबेन जवेगु, चन्द्रकला नेम्बाङ, सुजा सम्बाहाम्फे, खेसेला योङ्हाङ, सुस्मा हाङ्सरुम्बा, विश्वराज आङ्देम्बे, मौसम सम्बाहाम्फे र सुनिता खुजुम निर्वा्चित भएका हुन् ।
उक्त अधिवेशनमा फिदिम नगरपालिका का प्रमुख ओनाहाङ नेम्बाङ, लिम्बु पत्रकार संघ केन्द्रिय उपाध्यक्ष विजयवोध लावती, केन्द्रिय महासचिव मिलन लिम्बु, केन्द्रिय सचीव दिनेश लिम्बु, पुर्व अध्यक्ष प्रयास लिम्बु लगायतले मन्तव्य राख्नु भएको थियो ।
अधिवेशन को अवसर पार्दै लिम्बु पत्रकार मध्ये उत्कृष्ट कार्य गर्ने गोरखापत्रका सम्बादाता नारायण तुम्बापो लाइ सम्मान गरिएको थियो त्यस्तै उक्त अधिवेशनका प्रमुख अथिती फिदिम नगर पालिका प्रमुख ओनाहाङ नेम्बाङ लगायत लिम्बु पत्रकार सघका केन्द्रिय अथितीहरुलाइ समेत मायाको चिनो वितरण गरिएको थियो ।
नवनिवर्नचित अध्यक्ष उपेन्द्र एक्तेनले विगतमा भएको कमिटी ले गर्न नसकेका काम र अधुरो भएका कामहरु पुरा गर्ने, अन्य नयाँ थुप्रै पत्रकारीता सम्बन्धि कार्य गर्दै अघि यस संघलाइ अघि बढाउने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।






















