२०७६, २ माघ : नेपाली काँग्रेसका प्रभावशाली नेता डा चन्द्र भण्डारीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको छ ।

जिम्मेबार पदमा रहेर पनि प्रचण्डले गैह्र जिम्मेबार अभिव्यक्ती आएको भन्दै उहाँले आपत्ति जनाउनु भएको हो । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा उहाँले प्रश्न गर्नुभयो, “सत्तामा भएको नेताले खुलेआम मैले यती मान्छे मारेको हुँ भन्न सुहाउने र भन्न मिल्ने कुरा हो ?”

काँग्रेस नेता भण्डारीले शिर्ष तहमा रहेको अधिकांश नेताहरुले कर्तव्य भूलेको र जे मनलाग्यो त्यही बोल्ने, जस्लाई मन लाग्यो त्यसलाई भेट्ने, उनीहरुबाट प्रभावित हुने गरेकाले देश विग्रिएको दावी समेत गर्नुभयो ।