प्रिय योङहाङ, पाँचथर ।। लिम्वूहरुको नयाँ वर्ष कसङ येले तङबे ५०८० तथा कक्फेवा तङनाम (माघे संक्राती) को अवसरमा पाँचथरको फिदिममा मंगलबार शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा पाँचथरको आयोजनामा फिदिम स्थित फाल्गनन्द चौकमा रहेको चुम्लुङ हिम भवनमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा लिम्बुहरुको नयाँ वर्ष तथा कक्फेवा तङनामको बारेमा किरात याक्थुम चुम्लुङ प्रदेश सदस्य लक्ष्मण लावती, याक्थुम प्रज्ञा प्रतिष्ठान कुलपति राजेन्द्र कुमार जवेगु, लिम्बु भाषा विकास केन्द्र पान्थरका अध्यक्ष दिलेन्द्र कुरुम्बाङ लगायतले आफ्नो विचार राख्नु भएको थियो ।

याक्थुङ युवा मञ्च र लिम्वू विद्यार्थि मञ्च पाँचथर संयुक्त सह–आयोजक रहेको उक्त कार्यक्रम किरात याक्थुङ चुम्लुङ पाँचथरका अध्यक्ष नरेन्द्रराज केरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।