पाँचथर : पाँचथरको मिक्लाजोङमा पन्ध्र वर्षीय किशोरीलाई बलात्कार गर्ने पाँचथरको मिक्लाजोङ गाँउ पालिका वडा नम्वर ४ थामथुमका ५७ वर्षीय कृष्णबहादुर गहतराज पक्राउ परेका छन ।

पुष १९ गते राती आफ्नै घरमा आएर बलात्कार गरेको भन्दै पीडितले दिएको जाहेरीका आधारमा प्रहरीले गहतराजलाई पक्राउ गरेको हो ।आरोपीले आफुलाई घरमा सुतिरहेका बखत पुष १९ गते राती ओछ्यानमै आएर बलात्कार गरेको पीडितको भनाई छ ।

भाइहरुसँग एउटै कोठामा सुतिरहेका बखत झ्यालबाट आएका गहतराजले आफुलाई मुख र हात समाएर बलात्कार गरेको पीडितको आरोप छ । ‘वुवा आमा अर्कै घरमा सुत्नुुहुन्थ्यो, म भाई खाटमा र म भुईमा ओछ्यान लगाएर सुत्छौं, सवैजना निदाइरहेका बखत आएर बलत्कार गरे, पीडितले भनिन ।

आरोपीले त्यसअघि पनि पटक पटक घरमा आएर आफुलाई अनुहारमा लाइट लगाउने, जिस्क्याउने र विभिन्न किसिमका प्रलोभन देखाउने गरेको पीडितको आरोप छ । बलात्कार पछि अर्धचेत अवस्थामै आफुले भाइ र आमावुवालाइ बोलाएको पनि उनी वताँउछिन ।

बलात्कार पछि बालिकालाई अर्धचेत अवस्थामै पाँचथर अस्पतालमा ल्याएर उपचार गरिएको थियो । उनको होस ३ दिनपछि मात्रै खुलेको प्रहरीको भनाइ छ ।

आरोपीलाई भने पुष २१ गते पक्राउ गरी वाल यौन दुव्र्यवहारमा मुद्धा दर्ता गरी अदालतबाट म्याद थपिएको प्रहरी निरिक्षक रोमन अर्यालले वताँउनुभयो । विपन्न वर्गकी ती किशोरीले वलात्कार पछि मुद्धा मिलाउन पीडकका आफन्तले आफुलाई दवाव दिइरहेको वताएकी छिन ।