प्रिय योङहाङ, फिदिम । पाँचथरमा ‘परिवर्तनको सुरुवात’ नामक एक संस्था गठन भएको छ । सुवास बाँस्कोटाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन भएको हो ।

उक्त संस्थाको उपाध्यक्षमा शिला लावती र भावना दुलाल चयन भएका छन् त्यस्तै सचिवमा बिन्दु केरुङ, सह सचिवमा तुलसा राई र कोषाध्यक्षमा राज पोदर चयन भएका हुन् भने बालिका राई, मौसम लिम्बू, इक्सा थाम्सुहाङ, सिर्जना लिम्बू, मुना नेपाली, मेनुका आचार्य र घारणा नेम्बाङ सदस्यमा चयन भएका छन् ।

यस संस्थाले सामाजिक कार्य गर्ने छ । महिलाहरुको स्वास्थ्य र महिनावारी प्रतिको गलत धारणा लगायत समाजमा भएका विकृति,विसङ्गती लाई चिर्ने उद्धेस्य लिएको अध्यक्ष बाँस्कोटाले बताउनु भयो ।