पुस २०, २०७६: सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले पुस २३ का लागि बोलाएको केन्द्रीय कमिटी बैठक तीन हप्ता पछि सार्ने निर्णय गरेको छ । प्रधानमन्त्री निबास बालुवाटारमा आज बिहान बसेको नेकपा सचिवालय बैठकले केन्द्रीय कमिटी बैठक माघ १५ गते बस्ने निर्णय गरेको हो ।

यसअघि बसेको स्थायी कमिटी बैठकले पुस २३ का लागि केन्द्रीय कमिटी बैठक आह्वान गरेको थियो । पार्टी एकीरणमा केन्द्रीय सदस्य पदको सपथ ग्रहणका लागि बसेयता नेकपा केन्द्रीय कमिटी बैठक बस्न सकेको थिएन ।

पार्टी राष्ट्रियसभाको निर्वाचनको तयारीमा लाग्नुपर्ने भएकाले बैठक सारिएको नेकपाको सचिवालयले जनाएको छ ।