राजावादीमाथि प्रचण्डको फेरि हमला, ‘परिवर्तनका नायकहरु मनोवैज्ञानिक दबाबमा’

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फ्याँकिएको राजसंस्थाबाट गणतन्त्रलाई खतरा रहेको कुरा फेरि एकपटक दोहो¥याउनुभएको छ । आज काठमाडौँमा आयोजित एक कार्यक्रममा प्रचण्डले सत्ताबाट च्यूत भइसकेको राजसंस्थाबाट पछिल्लो परिवर्तनलाई खतरा रहेको कुरा दोहो¥याउनुभएको हो ।

उहाँले जनआन्दोलनबाट प्राप्त उपलब्धी सिद्ध्याउन राजामहाराजा समर्थित शक्तिहरु १० गुणा धेरै बल लगाएर लाग्ने गरेको बताउनुभयो । तर जनताको अगाडि उनीहरु सफल भने हुन नसक्ने प्रचण्डको भनाई छ । प्रचण्डले अहिले पनि राजावादीहरुले गणतन्त्रका नायकहरुलाई मनोवैज्ञानिक दबाबमा राखेको प्रचण्डले बताउनुभयो ।

तर राजसंस्था पक्षधर नेताहरुले भने गणतन्त्रलाई राजावादीबाट नभई अहिले सत्तामा रहेकैहरुबाट खतरा रहेको जवाफ फर्काएका छन् । राप्रपा संयुक्तका नेता राजाराम श्रेष्ठले जनताका पक्षमा काम गर्न नसकेपछि प्रचण्डमा छटपटाहट उत्पन्न भएको बताउनुभयो । उहाँले अहिलेका सत्तासञ्चालकहरुले विकास निर्माणको काम गर्न सके जनताले विकल्प नखोज्ने प्रष्ट पार्दै काम गर्न नसकेपछि प्रचण्डलाई मनको बाघले खान थालेको टिप्पणी गर्नुभयो ।

पछिल्लो पटक पूर्वराजा ज्ञानेन्द्र शाह विभिन्न जिल्लाका भ्रमणमा हुनुहुन्छ । भ्रमणका क्रममा ठूलो संख्यामा नागरिकहरु उहाँको स्वागतका लागि भेला भएको देखिन्छ । यसबारे पूर्वराजपरिवारका सदस्यहरु विभिन्न ट्रष्टका नामबाट सामाजिक गतिबिधिमा सक्रिय छन् । पूर्वराजाको पक्षमा बढिरहेको जनआकर्षका कारण पनि प्रचण्डको मनमा चिसो पसेको हुन सक्ने श्रेष्ठको भनाई छ ।

राजसंस्था र राजावादी शक्तिहरुका विरुद्ध प्रचण्डबाट पटक पटक विवादीत अभिव्यक्ति सार्वजनिक हुँदै आएको छ । पूर्वराजाले होटलमा रमाइलो गरेको विषयमा पनि आपत्तिजनक टिप्पणी गर्ने प्रचण्डले एक कार्यक्रममा राजावादीहरुलाई खरानी पार्ने चेतावनी समेत केही समयअघि दिनुभएको थियो ।

(radionrn)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार