पाँचथर : मंसिर १७ गते हत्या गरिएकी ताप्लेजुङ आठराइ त्रिवेणी गाँउ पालिकाकी १९ वर्षीय किशोरी मन्दिरा अधिकारीको शव पाँचथर र तेहर्थुमलाई सिमाना छुट्याएर बग्ने तमोर नदी गड्तीरमा भेटिएको छ । उनको शव शुक्रवार साँझ तमोर नदी फाक्चुवा दोभानको सेती वगरमा भेटिएको इलाका प्रहरी कार्यालय आठराई तेह्रथुमका इन्सपेक्टर शेशकराम थाम्दारले जानकारी दिनुभयो ।

थामदारका अनुसार माछा मार्ने क्रममा पाँचथरको सिम्लेका धनवहादुर माझीले उनको शव फेला पारेका पारेका थिए । सेती वगरमा महिलाको शव फेला परेपछि प्रहरीलाइ जानकारी गराए । त्यसपछि इलाका प्रहरी कार्यालय आठराईवाट त्यहाँ पुगेका प्रहरीले शव अनुसन्धान गर्दा मन्दिराकै भएको पुष्टि भएको हो ।

शवको हातमा लगाइएको चुराको आधारमा परिवारले शवको पहिचान गरिएको वताइएको छ मन्दिरालाई ताप्लेजुङकै हाङपाङका रमेश अधिकारीले हत्या गरेर तमोर नदीमा फालेको प्रहरीले जनाएको छ । मन्दिराकै घरमा रहेका रमेश माथि संका लागेर पक्राउ गरी अनुसन्धान गर्दा रमेशले पुष १० गते नै हत्या गरेको स्विकारी सकेका छन ।

हत्या स्विकार गरेपछि ताप्लेजुङ, पाँचथर,तेह्रथुम र धनकुटाका प्रहरी र स्थानीयले दैनिकजसो तमोर नदीमा पुग मन्दिराको शवको खोजी गरिरहे पनि फेला परेको थिएन । मन्दिराको हत्या आफुले नै गरेको भनेर स्विकारीसकेका रमेशलाई मन्दिरा बेपत्ता भएको २३ दिन पछि अर्थात् गत पौष ९ गते हाङपाङ स्थित उनकै घरवाट प्रहरीले पक्राउ गरी हिरासतमा राखेर घटनाको अनुसन्धान गरिरहेको छ ।

रमेश र मन्दिरा नाताले दाजुवहिनी पर्छन् । उनीहरु सँग तिहारमा लगाएको भाईटिकाको गहिरो भावनात्मक सम्बन्ध रहेको दर्सिने फोटोहरु दुवैजनाका फेसवुकमा पोष्ट भएका थिए ।

मंसिर १७ गते फुलवारी स्थित आफ्नै घरवाट बेपत्ता भएकी मन्दिरालाई रमेशले अपहरण पछि हत्या गरेका हुन । दाजु बहिनीको सम्बन्ध भनिएपनि उनीहरु प्रेम सम्वन्ध झाँगिदै गएको र मंसिर २५ गते रमेशको अर्कै केटीसँग विहे हुने पक्का भएपछि विवाद हुँदा उनको हत्या गरिएको प्रहरीको अनुसन्धानमा खुलेको छ । हत्या अघि रमेशले मन्दिरालाई वलात्कार समेत गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

मन्दिराको हत्या पछि रमेशले भने २५ गते अर्कै केटीसँगै विहे गरेर वसेका थिए । दुईवर्ष अघि मन्दिराको घर नजिकैको विद्यालयमा जागिर खान पुगेका रमेश लामो समयसम्म उनकै घरमा वसेका थिए । उनको शव पोष््ट्मार्टमका लागि फिदिम ल्याइदैछ ।