पाँचथर: गत मंसिर १७ गते मंगलवार साँझ ६ वजे आफ्नै घरवाट वेपत्ता भएकी ताप्लेजुङ फूलवारीकी मन्दिरा अधिकारीको हत्या भएको निष्कर्षमा प्रहरी पुगेको छ ।

साँझ खाना खाएर भाँडा माझ्दै गरेको अवस्थामा मोवाइलमा फोन आएपछि घर वस्दा लगाएकै पोसाक र चप्पल लगाएर वाहिर निस्किएकी आठराई त्रिवेणी गाँउपालिका-२ फुलवारी चोकपुरकी मन्दिराको ताप्लेजुङको आठराई त्रिवेणी गाँउपालिका हाङपाङका रमेश अधिकारीले हत्या गरिसकेको प्रहरी समक्ष स्विकारी सकेका छन् ।

सामाजिक संजाल फेसवुकमा अन्जली अधिकारीको रुपले परिचित १८ वर्षिय वालिका ताप्लेजुङको दुर्गा माध्यमिक विद्यालय फूलवारीमा कक्षा १२ मा अध्ययनरत थिइन् । हत्यामा संम्लग्न भनिएका रमेश १० महिना पहिला मन्दिराकै घरमा वसेर नजिकै रहेको गुप्तेश्वर माध्यमिक विद्यालयमा शिक्षण पेशा गर्थे ।

मन्दिराका काका चन्द्र अधिकारीका अनुसार मन्दिरा बेपत्ता भएकै दिन उनकी दिदी एलिसा अधिकारीको फेसवुकमा झापाको हल्दीवारी स्थित नारायण पौडेलको छोरा दिपक सँग विवाह गरिसके भनेर मन्दिराको फेसवुकवाट मेसेज आएको थियो ।

त्यस पछि मन्दिराका परिवार छोरीले विवाह गरेको केटा र उसको पारिवारिक अवस्था वुझ्न झापा पुगे । तर झापाको हल्दीवारीमा उनीहरुले दिपक पौडेल भन्ने मान्छे भेटेनन् । अनी झापाको प्रहरी र स्थानीयको सहयोग माग्न पुगे छोरी खोज्न झापा पुगेका मन्दिराका वुवा नन्दकुमार अधिकारी । तर प्रहरी र स्थानियले समेत हल्दिवारीमा सो नाम गरेको युवक फेला पारेनन् ।

फेरी फेसवुकमा अर्कै दलित थरका एक युवकले आफुलाई इन्डिया पुर्याएको भनेर मन्दिराकी दिदी एलिसाको फेसवुकमा अर्को खवर आयो । उनले त्यतिवेला मैले विवाह गरेको केटा यहि हो भनेर एक युवकको फोटो समेत एलिसाको फेसवुकमा पठाएका थिए ।

तर त्यो केटाको फोटो र फेसवुकमा आउने म्यासेज प्रति विस्वास नभएपछि घटना भएको हप्ता दिन पछि छोरीको वास्तविक अवस्था पत्ता लगाइदिन भन्दै मन्दिराको परिवारले सहयोगको लागि ताप्लेजुङ प्रहरी सँग अनुरोध गर्यो ।

प्रहरी अनुसन्धानका क्रममा विहे गरिसकेको भनेर मन्दिराकी दिदी एलिसाको फेसवुकमा आउने म्यासेज उनको हत्या गरिसके पछि मन्दिराकै मोवाइलमा उनको फेसवुक एकाउन्टवाट आफुले पठाएको र विहे गरिसकेको विस्वास दिलाउन कुनै एक अपरिचित मान्छेको फोटो खोजेर परिवारलाई भ्रममा पार्न आफुले षडयन्त्र रचेको मन्दिरालाई हत्या गरेको वताइसकेका रमेशले स्विकारेको ताप्लेजुङका प्रहरी नायव उपरिक्षक ज्ञानेन्द्र वहादुर फूयालले वताए ।

कसरी भयो घटना
मंसिर १७ गते मन्दिरालाई फूलवारी चोकपुर स्थित उनको घरवाट करिव ४० मिनेटको पैदल दुरीमा रहेको तमोर नदी किनारको मित्ला खेतमा लगेर हत्या गरेको र उनलाई मित्ला पुलवाट तमोरमा झारेको समेत रमेशले प्रहरीलाई दिएको वयानमा उल्लेख छ । हत्यामा संलग्न रमेशको मंसिर २५ गते डुम्रिसेकी एक युवती सँग विवाह गर्ने कार्यक्रम थियो ।

त्यही भएर उनी विवाहको लागि पोशाक सिलाउन भन्दै हाङपाङवाट मंसिर १७ गते विहान ताप्लेजुङ वजार तर्फ लागे । सोही दिन नै आफुले चोकपुरवाट तमोर नदीमा ल्याएर मन्दिराको हत्या गरेको रमेशले प्रहरीलाई वताएका छन् ।

मन्दिराको हत्या गरिसकेपछि पुलको जिपमा वसेर मन्दिराकै मोवाइलवाट झापाका युवकसँग विवाह गरेर गएको भन्ने म्यासेज आफुले मन्दिराकी दिदीको फेसवुकमा पठाएको उनी वताउँछन् । प्रहरीले मन्दिराको हत्या गर्नुको कारण वारे उनी माथी थप अनुसान्धान भइरहेको जनाएको छ । रमेशले प्रहरी समक्ष दिएको वयान पछि उनलाई नै लिएर घटनास्थल पुगेको प्रहरीले घटना भएको भनिएको मित्ला खेतमा मन्दिराले लगाएको आउटर, उनले कपालमा लगाउने चिम्टी, चप्पल र छोरा मान्छेले हातमा लगाउने पञ्जा घटना स्थलमा फेला पारेको छ ।

घटनास्थलमा आज स्थानीयवासीन्दाले केटीले लाउने गरेको कानको समेत कपाल वेरिएको अवस्थामा फेला पारेको मन्दिराका काका चन्द्र अधिकारीले वताए । मन्दिरा रहस्यमय ढंगले वेपत्ता हुनु र घटनास्थलमा यस्ता उनका प्रमाणहरु भेटिएपछि मन्दिराका परिवार र स्थानीय वासीन्दाले भने रमेशले मन्दिरालाई अपहरण गरी वलात्कार पछि हत्या गरेको निष्कर्षमा आफुहरु पुगेको वताएका छन् ।

तर हत्या भएको भनिसकिएकी मन्दिराको शव भने अहिले सम्म फेला परेको छैन । प्रहरी र स्थानीय वासीन्दाले तमोर नदीमा खोजी कार्य जारी राखे पनि हाल सम्म उनको शव भने फेला परि सकेका छैनन् ।

हत्या पछि अपहरणमा परेको नाटक
मंसिर १७ गते मन्दिराको हत्या आफुले नै गरेको स्विकारिसकेका हाङपाङका रमेश अधिकारीले सोही दिन राती आफु अपहरणमा परेको नाटक समेत गरेका थिए । आफु अपहरणमा परेको र अपहरणकारीको पञ्जावाट उम्कन सफल भएको भन्दै हत्या पछि हाङपाङ पुगेर उनले अपहरणमा परेको नाटक गरेको प्रहरी अनुसन्धान वाट खुल्न आएको छ ।

मन्दिराको हत्या गरेकै दिन उनले हाङपाङ स्थित खोक्सेखोला नजिकैको एउटा याक्सामा पुगेर आफु अपहरणमा परेर पनि भाग्न सफल भएको,भाग्दा लडेर वेहोस् भएको र होसमा आएपछि याक्सा सम्म आइपुगेको भन्दै करिव रातको एक वजे तिर गाँउलेलाई लिन आउन भनी फोन गरेका थिए । त्यस पछि जम्मा भएर उनलाई लिन आएका गाँउलेले राती नै स्ट्रेचरमा हालेर उनलाई घर पुर्याएका थिए ।

अपहरणकै क्रममा मुखमा माक्स लगाएकी एक केटीले आफ्नो औला टोकिदिएको समेत उनले गाउँलेलाई वताएका थिए । तर सो दिन उनी अपहरणमा परेको नभई अपहरणको नाटक मात्र गरेको समेत प्रहरी अनुसन्धान वाट खुल्न आएको छ ।

को हुन् हत्यामा संलग्न भनिएका रमेश अधिकारी
अधिकारी हाल सरस्वती माध्यमिक विद्यालय हाङपाङमा शिक्षण पेशामा कार्यरत थिए । निमावी अस्थायी करार दरवन्दीमा हाल हाङपाङमा कार्यरत रमेश गत फागुन महिना सम्म फुलवारी स्थित गुप्तेश्वर माध्यमिक विद्यालयमा सोही पदमा रहेर शिक्षण पेशा गर्थे ।

दुई वर्ष सम्म चोकपुर स्कुलमा कार्यरत रहँदा उनी सोही स्कुल नजिकैको स्थानीय नन्दकुमार अधिकारीको घरमा परिवारको सदस्य सरह भएर वसेका थिए । महेन्द्र रत्न वहुमुखी क्याम्पस इलामवाट स्नातक तह उतिर्ण गरेका रमेश शिक्षण पेशामा कार्यरत रहनु अघि इलाममै वसेर शिक्षक सेवा अयोगको समेत तयारी गरेको इलाममा उनी सँग अध्ययनरत उनका साथीहरु वताउँछन् ।

तर शिक्षक सेवा आयोगमा नाम निकाल्न नसेकपछि उनी गाउँमै फर्किएर निमावि अस्थायी करार सेवामा रहेर अध्यापन गराउन थालेका हुन् । मन्दिरा बेपत्ता भएको २३ दिन पछि अर्थात् मंसिर ९ गते रमेशलाई हाङपाङ स्थित उनकै घरवाट प्रहरीले पक्राउ गरी हिरासतमा राखेर घटनाको अनुसन्धान गरिरहेको छ । प्रहरीले पक्राउ गरेकै दिन उनले मन्दिराको हत्या आफुले गरेको भनेर स्विकार गरेका हुन् ।

प्रहरी समक्ष मंसिर १७ गते नै मन्दिराको हत्या गरिसकेको वयान दिइरहेका रमेश गत मंसिर २५ गते डुम्रिसेकी एक युवती सँग सामाजिक परम्परा अनुसार विवाह वन्धनमा वाँधिएका थिए ।

रमेश र मन्दिरा विच दाजुवहिनीको गहिरो सम्वन्ध
हत्यामा संम्लग्न भनिएका रमेश शिक्षण पेशाका क्रममा चोकपुरमा रहँदा दुई वर्ष सम्म मन्दिराकै घरमा वसेका थिए । मन्दिरा वुवा नन्दकुमार अधिकारी र आमा कृष्णमाँया अधिकारीको कोखवाट जन्मिएकी साहिली छोरी हुन् । मन्दिराका आफ्ना दाजुभाई नभएकोले मन्दिरा र उनकी दिदी मनिशाले रमेशलाई दाजुको दर्जामा राखेका थिए ।

छोरीहरुले दाजुको दर्जामा राखेर दाजुकै रुपमा उनी सँग गहिरो सम्वन्धमा राखेका रमेशलाई आफुले समेत छोरा नभएको कारण छोरा सरहको माया प्रेम र अत्मियता दिएर घरमा राखेको मन्दिराकी आमा कृष्णमाया वताउछिन् ।

मन्दिरा,मनिशा र रमेश विच गहिरो सम्वन्ध रहेको कुरा उनीहरुको सामाजिक संजाल फेसवुकवाट पनि प्रष्ट हुन्छ । फेसवुकमा रमेश, एसिला र अन्जली अधिकारी सर्च गर्दा उनीहरु सँगै घुम्न गएका र उनीहरुले आत्मियता पूर्वक खिचेका संयुक्त तस्विरहरु प्रशस्त भेटिन्छन् । तर छोरीहरुले दाजुको र आफुहरुले छोराको रुपमा स्विकार गरिसकेको मान्छेले छोरीको हत्या गरिसकेको खवर सुन्दा कृष्णमाया अहिले अर्धमुर्छित अवस्थामा छिन् ।

छोरी बेपत्ता भए देखी भोक तिर्खा हराएको वताउँने उनी दुइ दिन अघि थाहा पाएको छोरीको हत्याको खवरले आफ्नो पिडाको घाउमा नुन चुक छरेको महसुस हुन थालेको वताउँछिन् । हत्या गरिसकेको भन्ने खवर सुने पनि छोरीको लास भेटि नसकेकोले हत्या कसरी भयो भन्ने विषयको खुलदुलीले दुई दिन देखी आफुले छट्पटिमा रात काटिरहेको कृष्णमाले वताइन् ।

छोरीको हत्या कसरी भयो शव कसरी नष्ट गरियो यसको सत्यतथ्य पत्ता लगाएर खोजी कार्यमा सहयोग गरी अपराधीलाई हदै सम्मको कानुनी कारवाही गरिदिन उनले सम्वन्धित निकाय सँग अनुरोध पनि गरेकी छिन् । लोकल न्युज डटकम बाट