ताप्लेजुङ घटना: गत मंसिर १७ गते मंगलवार साँझ ६ वजे आफ्नै घरवाट वेपत्ता भएकी ताप्लेजुङ फूलवारीकी मन्दिरा अधिकारीको हत्या भएको निष्कर्षमा प्रहरी पुगेको छ ।
साँझ खाना खाएर भाँडा माझ्दै गरेको अवस्थामा मोवाइलमा फोन आएपछि घर वस्दा लगाएकै पोसाक र चप्पल लगाएर वाहिर निस्किएकी आठराई त्रिवेणी गाँउपालिका-२ फुलवारी चोकपुरकी मन्दिराको ताप्लेजुङको आठराई त्रिवेणी गाँउपालिका हाङपाङका रमेश अधिकारीले हत्या गरिसकेको प्रहरी समक्ष स्विकारी सकेका छन् ।
सामाजिक संजाल फेसवुकमा अन्जली अधिकारीको रुपले परिचित १८ वर्षिय वालिका ताप्लेजुङको दुर्गा माध्यमिक विद्यालय फूलवारीमा कक्षा १२ मा अध्ययनरत थिइन् । हत्यामा संम्लग्न भनिएका रमेश १० महिना पहिला मन्दिराकै घरमा वसेर नजिकै रहेको गुप्तेश्वर माध्यमिक विद्यालयमा शिक्षण पेशा गर्थे ।
मन्दिराका काका चन्द्र अधिकारीका अनुसार मन्दिरा बेपत्ता भएकै दिन उनकी दिदी एलिसा अधिकारीको फेसवुकमा झापाको हल्दीवारी स्थित नारायण पौडेलको छोरा दिपक सँग विवाह गरिसके भनेर मन्दिराको फेसवुकवाट मेसेज आएको थियो । भिडियोमा हेर्नुहोस घटनाको विवरण






















