यहाँ परिवार नियोजनको जिम्मा महिलाकै कांँधमा रहेको छ । कैलालीमा सञ्चालन भएको स्थायी बन्ध्याकरण शिविरमा बन्ध्याकरण गर्नेमा सबै महिला छन् । कैलालीका छ ठाउँमा स्थायी बन्ध्याकरण शिविर सम्पन्न भएको छ जहाँ १४७ जनाले बन्ध्याकरण गरेका छन् जसमा पुरष तीन मात्रै छन् ।

उदासीपुर स्वास्थ्यचौकी, पहलमानपुर स्वास्थ्यचौकी, दरख स्वास्थ्यचौकी, बर्दगोरियाको दोदोधारा स्वास्थ्यचौकी, बलिया स्वास्थ्यचौकी लम्की र टीकापुर अस्पतालमा शिविर सम्पन्न भएको हो । शिविरमा बन्ध्याकरण गर्न धेरैजसो महिला नै आएका थिए ।

जिल्ला स्वास्थ्य कार्यालय कैलालीका परिवार नियोजन निरीक्षक ओलटनारायण चापागाईँले परिवार नियोजन गर्न कैलालीमा महिला अग्रसर देखिएको बताए । ‘‘पहाडी जिल्ला बझाङबाट कैलाली सरुवा भएर आएको हुंँ ।

त्यहांँ पुरुष मात्रै बन्ध्याकरण गर्छन् । यहांँ त सबै महिला आए । यहांँका पुरुष त बन्ध्याकरण गर्नै मान्दैनन्’, चापागाईँले भनिन, ‘‘महिला मात्रै सेवा लिन आएपछि स्वयंसेविकालाई पुरुष पनि खोज्नुस् भनेको, आएका पुरुष पनि बन्ध्याकरण गरे कमजोर भइन्छ भनी फर्कन्छन् ।’

यही पुस ८ र ९ गते टीकापुर अस्पतालमा सञ्चालित स्थायी बन्ध्याकरण शिविरमा ७५ जनाले बन्ध्याकरण गरेका छन् । बन्ध्याकरण गर्नेमा सबै महिला छन् । ‘‘बन्ध्याकरण शिविरमा सबै महिलाले मात्रै सेवा लिए । पुरुषलाई आग्रह गर्दा पनि मानेनन्’, स्वयंसेविका चन्द्रावती शर्माले भने, ‘बन्ध्याकरणका लागि गाउंँगाउंँबाट सेवाग्राही ल्याउने काम स्वास्थ्यकर्मी र हामीले ग¥यौँ । दुई वा दुईभन्दा बढी सन्तान जन्माएका धेरै दम्पतीलाई अनुरोध गरेंँ तर पुरुष कसैले मानेनन् ।’

स्वयंसेविका रुक्मिणी शर्मा महिलाको तुलनामा पुरुषले बन्ध्याकरण गर्न सजिलो हुने भए पनि बुझाउन नसकिएको बताए । ‘पुरुषले बन्ध्याकरण गरे फेरि सन्तान जन्माउन चाहे उल्टाउन मिल्छ, महिलाले मिल्दैन तर पनि पुरुष मान्दैनन्’, शर्माले भने, ‘पुरुषले परिवार नियोजन महिलाकै ठेक्का जस्तो गरेका छन् ।’

जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन निरीक्षक चापागाईँ अस्थायी साधन प्रयोग गर्नेमा पनि महिलाको सङ्ख्या धेरै रहेको बताए । कैलालीका भजनी र जोशीपुरमा शिविर सञ्चालन भइरहेको छ ।

‘पुरुषले गर्ने स्थायी बन्ध्याकरण भ्यासेक्टोमीभन्दा महिलाले गर्ने मिनील्याप धेरै गाह्रो र जोखिमपूर्ण छ तर पुरुषहरू महिलालाई नै अगाडि सार्छन्’, टीकापुर अस्पतालका सिनियर स्टाफ नर्स कल्पना खड्काले भने, ‘परिवार नियोजन क्याम्पमा मिनील्याप गर्न नमिल्ने महिला घर फर्कन्छन् तर पुरुषलाई स्थायी बन्ध्याकरण गराउंँदैनन् ।’

पुरुषहरूको शुक्रवाहिनी नली आवश्यकता परे फेरि जोडेर सन्तान जन्माउन सकिन्छ । महिलाले भने मिनील्याप गरिसकेपछि सन्तान जन्माउनै सक्दैनन् ।

गर्भवती, पाठेघर खस्ने समस्या भएका र पहिले सघन शल्यक्रिया गरेका महिलाले मिनील्याप गर्न मिल्दैन । मिनील्याप गरेपछि महिला हिंँडेर घर जान नसक्ने र बोकेर लैजानुपर्ने हुनाले पहाडी क्षेत्रमा भने पुरुष भ्यासेक्टोमी गर्न तयार हुने तर तराईमा यातायात सुविधा भएकाले स्थायी बन्ध्याकरण महिलाकै ठेक्काजस्तो भएको पुरुषले गर्ने व्यवहारको अनुभव आफूहरुले पाएको स्वयम् स्वास्थ्यकर्मी सुनाउँछन् ।

महिलाले मिनील्याप गर्दा शल्यक्रिया नै गर्नुपर्छ तर पनि महिलाले यो सेवा बढी लिएका छन् ।

‘आफू सानो झन्झट नखेप्ने तर महिलालाई जटिलता पनि व्यहोर्न लगाउने पुरुषहरूको प्रवृत्ति छ’, सिनियर अनमी तारा खरेल भन्छन्, ‘पुरुषले वास्ता नगरेपछि महिलाले परिवार नियोजन गर्नुपर्ने बाध्यता छ । विभिन्न खतरा र जोखिम हुंँदा पनि महिलाहरु परिवार नियोजनबारे पुरुषभन्दा बढी सचेत रहेको देखिन्छ ।’

रासस