पाँचथर : पाँचथरको याङवरक गाँउ पालिका वडा नम्वर १ स्थित च्याङथापु बजारमा केहिवेर अघि आगलागी भएको छ । आगलागीमा स्थानीय चन्द्रसिंह बेघाको घर जलेर नष्ट भएको छ ।
आगलागीमा मानवीय क्षति नभएपनि घर र त्यहाँ भित्र रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन । आगलागीवाट भएको क्षतिको विवरण संकलन भइरहेको वडाध्यक्ष मोहनकुमार ढुंगेलले वताउनुभयो ।
आगलागीको कारण खुलेको छैन भने क्षतिको विवरण आउन वाँकी लाग्ने वताइएको छ । अहिले घट्नास्थलमा प्रहरी,स्थानीय जम्मा भएका छन ।






















