खतरनाक इबोला भाइरस विरुद्धको सुई स्वीकृत

२०७६, ८ पुष मंगलवार: अमेरिकाको खाद्य तथा औषधि विभागले पहिलोपटक खतरनाक इबोला भाइरस विरुद्धको सुई स्वीकृत गरेको छ।
विभागले ‘एर्भेभो’ नामक सो सुई स्वीकृत भएको घोषणा गरेको हो जसलाई मेरेक कम्पनीले निर्माण गरेको हो।

यसले १८ वर्ष भन्दा माथि उमेरकालाई ‘जेर इबोलाभाइरस’ का कारण हुने ‘इबोला भाइरस डिजिज, इभीडी’ बाट जोगाउन सक्ने विभागले आफ्नो बयानमा बताएको छ ।

अफ्रिका बाहिर यो रोग अत्यन्तै दुर्लभ भएपनि संक्रमित क्षेत्रमा गएमा वा बिरामीको उपचार गर्ने क्रममा डाक्टरहरु पनि यसबाट संक्रमित हुन सक्ने खतरा रहँदै आएको छ ।

यस्तोमा अमेरिकी सरकार यस खतरनाक रोगलाई फैलिनबाट रोक्नप्रति समर्पित रहेको विभागकी कमिसनर एना अब्राह्मले बताएकी हुन् ।

स्वास्थ्य तथा मानव सेवाका सचिव एलेक्स अजरले पनि यो नयाँ सुइ विश्व स्वास्थ्यमा अमेरिकाको अग्रताका निम्ति अत्यन्तै खुसीको खबर भएको बताएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार