भुटानसँगकाे पहिलाे खेलमा नेपालकाे यु-१५ महिला टोली विजयी

पुस ७, २०७६ : नेपाली राष्ट्रिय १५ वर्षमुनि (यु-१५) महिला फुटबल टोलीले भूटानको यु-१५ महिला टोलीलाई पराजित गरेको छ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्‍घ (एन्फा) मा आज भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले भूटानलाई ६-१ गोलअन्तरले पराजित गरेको हो। नेपालको जितमा अमिशा कार्कीले ह्याट्रिक पूरा गरिन्। उनले १२, ४८ र ५४ औं मिनेटमा तीन गोल गरिन्।

यस्तै कप्तान प्रीति राईले २ र सुनकली राईले १ गोल थपिन्। प्रीतिले खेलको ४४, ८९औं मिनेटमा गोल गर्दा सुनकलीले खेलको पाँचौं मिनेटमा गोल गरिन्।

भूटानकी कप्तान डिकी लाजोमले खेलको १४औं मिनेटमा एक गोल फर्काएकी थिइन्। अब नेपालले भोलि बुधबार भुटानसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्नेछ।

रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार