आठराई संक्रान्तिबजार आगलागी भएको ३ बर्ष पूरा, सरकारद्वारा घोषित राहत पीडितले पाएनन्

तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारमा भिषण आगलागी भएको ३ वर्ष पुरा भएको छ । वि.स. २०७३ पुस १ गते संक्रान्तिबजारमा भिषण आगलागी भएको थियो । आगलागी भएदेखि आठराई बासीले पुस १ गतको दिनलाई कालो दिनको रुपमा मनाउर्दै आएका छन् ।

भिषण आग्लागिबाट संक्रान्तिबजारका ३२ घर सहित ७३ परिवार विस्थापित भएका थिए । आगलागीबाट रु. १४ करोड ८ लाख रुपैयाँ बराबरको क्षति भएका थियो ।

आगलागी भएको तीन वर्ष पुरा हुदाँसम्म पीडित परिवारले नेपाल सरकारद्धारा घोषित राहात अझै पाएका छैन् ।आगलागी क्षेत्रमा घरहरु समेत बन्न सकेका छौनन् । आगलागी भएको क्षेत्रमा अहिले सम्म ७ ओटा मात्र घर बनेका छन् ।

आगलागी पछि आएका विभिन्न संघ संस्थाका राहातले पीडितहरुको पीडामा मलमपट्टी लागे पनि, सर्वस्व गुमाएका पीडितहरुले पुनःनिर्माणको काम गर्न नसकेको उद्योग वाणिज्य संघ उपशाखा संक्रान्तिबजारका अध्यक्ष प्रेम पौडेलले बताउनुभयो । सरकारद्धारा घोषित राहात उपलब्ध हुने आशले संक्रान्तिबजार पुनःनिर्माण हुन सकिरहेको छैन ।

संक्रान्तिबजार आगलागीले सरकारकै ध्यान खिच्यो । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सरकारका जम्बो टोलीले पीडित संग भेटघाट गरी आगलागी क्षेत्रको निरीक्षण गरेर विशेष राहत प्याकेज घोषणा ग¥यो, अन्तत पीडितहरुले सरकारबाट घोषित राहत प्याकेज पाएनन् ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले तेह्रथुमको आठराई सक्रान्तिबजारका अग्निपिडित सहयोगका लागि घोषण गर्नु भएको १ करोड रुपैयाँ सहितको विशेष राहत प्याकेज अग्नि पीडितहरूले हालसम्म पाएका छैनन् । भिषण आगलागी क्षेत्रको वि.स. २०७३ वर्षको पुस १९ गते स्थलगल निरीक्षण तथा अग्निपीडित सँग भेटपछि प्रधानमन्त्री दाहालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट १ करोड उपलब्ध गराउने घोषणा गर्नु भएको थियो ।

आगलागीबाट पूर्ण रुपमा क्षति ग्रस्त २६ घर परिवारको ३२ घरहरु निर्माणका लागि २ प्रतिशत ब्याजदरमा शहरी क्षेत्रमा २५ लाख र अन्य क्षेत्रमा १५ लाख प्रति घर २ प्रतिशत ब्याजदरको सहुलियत ऋण झन्झटिले प्रक्रियाले पीडित परिवारले लिन सकिरहेका छैनन् ।

केन्द्रीय दैवी प्रकोप उद्धार समितिले आगलागी भएको वर्षको नै तेह्रथुमका आगलागी पीडितहरुले आवस पुननिर्माणका लागि पुर्न उद्धार कोष मार्फत सरकारी कारोवार गर्ने स्थानीय बाणिज्य बैकबाट ऋण उपलब्ध हुने निर्णय गरेको थियो ।

घरधनीहरुलाई जिल्ला दैवी प्रकोप उद्धार समितिबाट प्रमाणित भएको क्षतिको विवरणको आधारमा मात्र सहुलिय ब्याजदरमा ऋण उपलब्ध हुने भनिए पनि पीडितले सरकारको राहातको महशुस समेत गर्न पाएका छैन् ।

सरकारको तर्फबाट प्रधानमन्त्री दाहालले आगलागी पीडितहरुकालागि राहत प्याकेजको घोषणा गर्दै अग्निपीडित परिवारलाई पुर्नःनिर्माण तथा व्यावसाय पुर्नःस्थापित गर्न विना धितो न्युनतम ब्याजदरमा ऋण उपलब्ध गराउने, सदमुकाम म्याङलुङ र संक्रानिबजारमा वृहत खानेपानी आयोजना सहितको फायर हाईडे«लको सन्चालन, दमकल खरिद, संक्रान्तिबजारमा चाडै केन्द्रीय प्रशारण लाइन विस्तार गरिदिने समेत प्याकेजमा घोषणा गर्नु भए पनि स्थानीयले अहिले सम्म प्याकेजको महसुस समेत गर्न पाएका छैनन् ।

प्रधानमन्त्रीले तत्कालै संक्रानितबजारमा नेपाल बैंक तथा कृषि विकास बैंकका शाखाहरु पुनःस्थापनाको सम्बन्धित ठाउँमा निर्देशन भई सकेको र तत्कालै बैंकका शाखाहरु पुनःस्थापना गर्नका लागि आवश्यक पहल गरिने बताए पनि आठराई बासीले सरकारी बैंकका सुविधा लिन सदरमुकाम म्याङलुङमा ६८ किलोमिटर हिलाम्मे बाटोको जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको स्थानीय बासीले गुनासो गरेका छन् ।

विकासका लागि तमोर जलशाययुक्त आयोजना अघि बढाउन उर्जा मन्त्रालयलाई निर्देशन, तेह्रथुम सदरमुकाम म्याङलुङ–बसन्तपुर सडक खण्ड कालोपत्रे, मध्यपहाडी लोकमार्ग निर्माण, पाँचथर हाक्पारा घाटमा मोटर पुलको निर्माण, तमोर नदीको तटीय क्षेत्रका ९ गाविसमा खानेपानीको व्यवस्था साथै खोज तथा उद्धारका लागि सुरक्षा निकायलाई आवश्यक सामग्रीको व्यवस्था बजेट कार्यक्रमा मार्पत गरिने प्रधानमन्त्री दाहालले बताउनु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार