उपनिर्वाचनमा कतै अन्तरघात नभएको नेकपा सचिवालयको ठहर

नेकपा सचिवालय बैठकले सम्पन्न उपनिर्वाचनमा कतै पनि अन्तरघात नभएको ठहर गरेको छ । बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकमा उपनिर्वाचनको मतपरिणामबारे समीक्षा भएको थियो । बैठकमा उपनिर्वाचनमा घात प्रतिघात नभएको निष्कर्ष निकालेको भए पनि विस्तृत रुपमा अर्को बैठकमा छलफल हुने श्रेष्ठले जानकारी दिनुभयो ।

प्रबक्ता श्रेष्ठले अर्को सतिवलय बैंक बैठक मंसिर २३ गते भन्दै आजको बैठकले ३७ वटा जिल्ला कमिटीलाई निर्वाचनको समीक्षात्मक रिपोर्ट केन्द्रलाई बुझाउन निर्देशन दिएको बताउनुभयो ।

उहाँले आगामी बैठकले नै स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बोलाउने बारेमा निर्णय लिने भन्दै प्रधानमन्त्री ओली उपचारमा रहनुभएको र सचिवालय सदस्य झलनाथ खनाल र ईश्वर पोखरेल पार्टी कामको शिलशिलामा इलाममा जानुभएकाले आजको बैठकमा अरु कुनै निर्णय नभएको बताउनुभयो ।

(radionrn)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार