२०७६, १६ मंसिर: दाङ ३ प्रदेश सभा ख` को उपनिर्वाचनमा २४ हजार २ सय ८६ मतका साथ नेकपाका उमेदवार विमला वली विजयी हुनु भएको छ ।उहाँका प्रतिद्वन्द्वी नेपालि कांग्रेसका उम्मेदवार केशव आचार्यले १९ हजार १ सय ८२ मत ल्याएर पराजित हुनुभएको छ ।
नेकपा कांग्रेसलाई ५ हजार १ सय ४ मतले पछि पार्दै विजयी भएको छ । आइतबार राती सकिएको मतगणना अनुसार वलीले २४ हजार २ सय ८६ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार केशवराज आचार्यले १९ हजार १ सय ८२ मत प्राप्त गर्नुभएको हो ।
त्यस्तै साझा पार्टीका उम्मेदवार शिव कुमार चौधरी ले २६६, राप्रपा का भूपाल रावत ले २२५ ,समाजवादीका डिल्ली बहादुर डाँगीले १५४, राष्ट्रिय प्रजातन्त्र संयुक्तका छोटी लाल थारु ले १३८,नेकपा मालेका हरि प्रसाद डाँगीले १०३, मंगोल नेशनल पार्टीका घनश्याम चौधरीले ९० ,नेपाल लोकतान्त्रिक पार्टीका झरेन्द्र बहादुर खत्री ले २६ ,नेपाल मजदुर किसान पार्टीका शुरेस परियारले १५,राष्ट्रिय जनमुक्ती पार्टी का धनराज विश्वकर्माले ११, वि पी कांग्रस पार्टी का दिपक कुमार धिताल ले २ र स्तन्त्रबाट टिकाराम आचार्यले ४ र गोविन्द के सी ले २ मत प्राप्त गरेका छन् ।
क्षेत्र नम्बर ३ ख मा ६८ हजार ७ सय १९ मतदाता मध्ये ४५ हजार ७ सय १८ मत खसेको थियो भने ७ सय ९७ मत बदर भएको छ ।






















