महोत्तरीको पिपरा गाउँपालिकाको रिक्त अध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनमा नेकपाबाट अध्यक्षको उमेदवारी दिएका विक्रम चौधरीको घरमा बिहीबार अपरान्ह बम विष्फोट भएको छ ।
गाउँपालिका-४ स्थित उनको घरपछाडि बम विष्फोट भएको हो । विष्फोटबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
सोही घरमा चौधरीले प्रचारप्रसार र व्यवस्थापनका लागि कार्यालयसमेत संचालन गरेका थिए । ठूलो आवाजसहित विष्फोट भएको स्थानीयले बताएका छन् ।
उपनिर्वाचनको तयारी हेर्न सोही स्थानमा प्रमुख जिल्ला अधिकरीसहित सुरक्षा निकायका जिल्ला प्रखुम पुगेको बेला विष्फोट भएको हो ।
विष्फोटबाट शौचालयको ढोका र पर्खालमा क्षति पुगेको छ। महोत्तरीका एसपी श्यामकृष्ण अधिकारीले विष्फोट भएको पुष्टि गर्दै अनुसन्धान भइरहेको जानकारी दिए।
(stv)






















