२०७६, १२ मंसिर बिहीबार पाँचथर । त्रिविस्थित मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक डा.उत्तम श्रेष्ठले प्रधानमन्त्री ओलीको डिस्चार्ज कहिले र कुन समयमा हुने भन्ने एकिन नभएको बताउनुभएको छ ।
उहाँले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था खतरा मुत्त नरहेकाले तत्कालै डिस्चार्जको मिति तोक्न नसकिने बताउदै प्रधानमन्त्रीलाई आराम दिनका लागि पनि केहिदिन अस्पतालमै राख्नु पर्ने बताउनुभयो ।
नेपाली रेडियो नेटवर्कसंग कुरागर्दै डा. श्रेष्ठले प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार हुँदै आएपनि खतरामुक्त भने नरहेको बताउनुभयो । उहाँले ओलीलाई कमको धपेटीबाट बचाउनका लागि केहि दिन अस्पतालमै राख्ने सोच चिकित्सकहरुको टोलीले बनाएको भन्दै उहाँलाई अपडेड गर्न सहज भएपछि डिस्चार्ज गरिने बताउनुभयो ।
ओलीको स्वास्थ्य स्थितिमा बुधबारबाट सुधार देखिए पनि अझै पूर्ण खतरामुक्त नरहेको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका छन् ।
उनीहरूका अनुसार एपेन्डिसाइटिसको आकस्मिक शल्यक्रियासँगै ओलीको पेटमा फैलिएको संक्रमण नियन्त्रण गरिए पनि अन्य संक्रमणको जोखिम यथावत् रहेको छ । हाल शल्यक्रियाको माध्यमले पेट सफा गरेर संक्रमणको स्रोत हटाइएको भएपनि एन्टिबायोटिकले संक्रमण नियन्त्रण गर्ने या नगर्ने भन्ने भन्ने प्रष्ट भएको छैन ।
प्रधानमन्त्रीको मंगलबार ल्यापरोक्टोमी (पेटलाई पूरा चिरेर गरिने शल्यक्रिया) र एपेन्डेक्टोमी (एपेन्डिक्स हटाउने शल्यक्रिया) गरिएको थियो । जोखिम कम भएपछि प्रधानमन्त्रीलाई बुधबार बिहान भेन्टिलेटरबाट हटाइएको थियो ।
प्रधानमन्त्रीको रक्तचाप निकै घटेपछि मंगलबार उच्च गराउने तीनथरी औषधि दिइएको थियो । ती औषधि राति अबेर बन्द गराइएकामा आज बिहान कम मात्रामा फेरि चलाइएको छ ।
(radionrn)






















