२०७६,११ मंसिर बुधबार: यहि मंसीर १४ गते हुने उपनिर्वाचनका लागि आज रातिदेखि मौन अवधि शुरु हुदैछ । राति १२ बजे मौन अवधि सुरु हुने भएकाले उक्त अवधिलाई निकै संवेदनशील रुपमा लिइएको आयोग प्रवक्ता नरेन्द्र दाहालले जानकारी दिनुभएको छ ।
उपनिर्वाचन परिणाम आफ्नो पक्षमा पार्न प्रमुख दलका शीर्ष नेताहरू अन्तिम दौडधुपमा लागेका छन् । दलहरूले आज भक्तपुरमा अन्तिम चुनावी सभा राखेका छन्। नेकपाको चुनावी सभालाई अध्यक्ष पुष्पकमल दाहाल र नेता सुवास नेम्वाङले सम्बोधन गर्ने कार्यक्रम छ।
यस्तै उपत्यकाबाहिरका चुनावी सभा सम्पन्न गरेर काठमाडौं फर्किनु भएका कांग्रेस सभापति शेरबहादुर देउवाले पनि आज भक्तपुरमा पार्टीको चुनावी सभामा सम्बोधन गर्नुहुने भएको छ । भक्तपुरमा कांग्रेस र राप्रपा (संयुक्त) को संयुक्त चुनावी सभा छ। सभामा राप्रपा संयुक्तका अध्यक्ष पशुपतिशमशेर राणाले सम्बोधन गर्दै हुनुहुन्छ ।
कास्की–२ को प्रतिनिधिसभा, तीन वटा प्रदेशसभा र स्थानीय तहका गरी ५२ पदका लागि मंसिर १४ गते उपनिर्वाचन हुँदैछ । उपननिर्वाचनमा १ सय १ दलले भाग लिँदै छन्।
स्थानीय तहअन्र्तगत उपमहानगर प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाअध्यक्ष ४३ पदका लागि पनि उपनिर्वाचन हुँदैछ । उपननिर्वाचनमा १ सय १ दलले भाग लिँदै छन्।
शीर्ष नेताहरू चुनावी दौडधुपमा सक्रिय भए पनि यसपटक आचारसंहिता उल्लंघनका उजुरी नपरेको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगले सुरक्षासहित निर्वाचनसम्बन्धी सम्पूर्ण तयारी पूरा भएको भन्दै ढुक्क भएर मतदान गर्न आग्रह गरेको छ।
(radionrn)






















