
इलाम : इलामको सन्दकपुरमा भारतले अतिक्रमण गरेको भूमिमा अनेरास्ववियु इलामका नेता तथा कार्यकर्ताले नेपालको राष्ट्रिय झण्डा फहराएका छन् ।
अखिलका केन्द्रीय सदस्य रविन्द्र सुवेदीको नेतृत्वमा करिब ४० जनाको संख्यामा इलाम सदरमुकामबाट गएको टोलीले सन्दकपुरमा राष्ट्रिय झण्डा फहराएको हो। उक्त ठाउँ केही समय अगाडि गाँउपालिकाले निर्माण सुरू गरेको भ्यु टावरलाई निर्माण अवरुद्ध गरी भारतले कव्जा गरेको थियो।
सो कव्जा गरेको जमिनमा अनेरास्ववियुले नेपालको राष्ट्रिय झण्डा फहराउन खोज्दा भारतीय सिमा सुरक्षा बलले बल प्रयोग गरेपछि सामान्य झडपसमेत भएको थियो।
केही समय अगाडि गाउँपालिकाले निर्माण सुरू गरेको भ्यु टावर निर्माण कार्य अवरूध्द गरी भारतले कव्जा गरेको थियो। भारतीय सीमा सुरक्षा बलले त्यहाँ प्रवेश निषेधको बोर्ड समेत राखेका थिए, जसलाई अखिलका टोलीले फालिदिए । अखिलका केन्द्रीय सदस्य रविन्द्र सुवेदीको नेतृत्वमा भारतद्वारा अतिक्रमित भूमिमा नेपाली राष्ट्रिय झण्डा फहराउन शुक्रबार नै अखिलको टोली सन्दकपुर पुगेको सुवेदीले जानकारी दिए।केही समय अगाडि गाउँपालिकाले निर्माण सुरू गरेको भ्यु टावरलाइ निर्माण अवरूध्द गरि भारतले कव्जा गरेको थियो।
सुवेदीले भने, ‘भ्यु टावरको काम अगाडि बढाउन त दिएनन् दिएनन्, त्यहाँ प्रवेश निषेधको बोर्ड राखेका रहेछन् भारतीय सीमा सुरक्षा बलले।’ अनेरास्ववियुका विधार्थीले भारतद्वारा निषेधित क्षेत्र भनेर लेखिएको बोर्डसमेत फालिदिएको उनले बताए। सन्दकपुर गाउँपालिकाले सूर्योदयको दृश्यावलोकनका लागि भ्यु टावर बनाउन लागेको थियो।
सुवेदीले भने, ‘शनिवार बिहान पनि केही पर्यटकहरुलाई उक्त क्षेत्रमा प्रवेश गर्न दिएनन्। हामी हेरिरहेका थियौं।’ सो कव्जा गरेको जमिनमा अनेरास्ववियुले नेपालीको राष्ट्रिय झण्डा फहराउन खोज्दा एसएसबीले वल प्रयोग गरेपछि सामान्य झडप समेत भएको थियो। ‘उक्त अतिक्रमित क्षेत्रमा एकजना मात्र एसएसबीका जवान थिए पहिला, हामीलाई तर्साउन अलि ठूलो समूह आयो फेरि। उनीहरुले ढुंगा मुडा पनि गरे। हामीले प्रतिकार गर्यौं र हाम्रो राष्ट्रिय झण्डा फहरायौं।’ कव्जा गरिएको जमीनमा राष्ट्रिय झण्डा फहराएपछि विधार्थीहरूले नाराजुलुस गरेका थिए।
‘हामीले सीमा रक्षाका लागि नेपाल सरकार र सरोकारवालालाई ध्यानाकर्षण गराउन शान्तिपूर्ण आन्दोलन गरेका हौं,’ उनले भने, ‘तर, एसएसबीले नेपालतर्फको दशगजामा समेत प्रवेश गर्न नदिने प्रयास गर्यो। उनले एसएसबीले अवरोध गर्न गर्न खोजेको क्षेत्रमा नेपाली झन्डा फहराउन सफल भएको बताए। हेर्नुहोस भिडियो