उपनिर्वाचन : फाल्गुनन्द गाँउ पालिका अध्यक्षका लागि ८, फिदिम नगरपालिका १ मा ७ र हिलिहाङ ७ मा ६ जनाको मनोनयन दर्ता

पाँचथर : मंसिर १४ गते उप निर्वाचन हुने पाँचथरका तीनवटै स्थानमा आज राजनैतिक दलहरुले निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारी दर्ता गराएका छन । उप निर्वाचनका लागि जिल्लाको फाल्गुनन्द गाँउ पालिका अध्यक्ष पदका लागि ८ फिदिम नगरपालिका १ को वडाध्यक्षमा ७ र हिलिहाङ गाँउ पालिका ७ को वडाध्यक्ष पदमा ६ दलबाट उम्मेद्वारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईले जानकारी दिनुभयो ।

फाल्गुनन्द गाँउ पालिकाको अध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टि (नेकपा)ले बिरवहादुर कुरुम्वाङ, नेपाली कांग्रेसले वृजहाङ आङदेम्वे,समाजवादी पार्टिले बिमला आङदेम्वे, राप्रपाले ससुहाङ चेम्जोङ राप्रपा संयुक्तले मणी लिम्वु,मंगोल नेशनल अर्गनाइजेशनले उदय मुखिया सुनुवार, संघीय लोकतान्त्रिक मञ्चले जितेन चेम्जोङ र जनमुक्ती पार्टिले इच्छावहादुर चेम्जोङको उम्मेद्वारी दर्ता गराएका हुन ।

उनीहरुले नारा जुलुस सहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेद्वारी दर्ता गराएका थिए । यता फिदिम नगरपालिका १ मा नेकपाका तर्फवाट गजाधर भट्टराई, कांग्र्रेसका तर्फवाट सुवराज थापा, समाजवादी पार्टिका तर्फवाट गौरव लामा सहित ७ जनाले उम्मेद्वारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ भने । हिलिहाङ ७ मा नेकपाका तर्फवाट गेहनाथ रिजाल र कांग्रेसका तर्फवाट तिलविक्रम इदिङगो लगायतले उम्मेद्वारी दर्ता गराएका छन ।

सवै दलले ढंगबाट उम्मेद्वारी दर्ता गराँउदै आचार संहिता पालनामा प्रतिवद्धता देखाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
२०७४ को स्थानीय निर्वाचनमा कांग्रेसका तर्फवाट फाल्गुनन्द गाँउ पालिका अध्यक्षमा निर्वाचित अम्वरकुमार नेम्वाङ, र फिदिम १ को वडाध्यक्षमा निर्वाचित हर्कवहादुर मोक्तान तथा तत्कालिन नेकपा एमालेवाट हिलिहाङ ७ को वडाध्यक्षमा निर्वाचित तिर्थराज मिश्रको निधन भएपछि रिक्त स्थानमा उप निर्वाचन हुन लागेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार