पर्यटक उम्मेदवार बनाउन लागिएको भन्दै विरोध स्वरुप नेकपाका स्थानीय नेता कार्यकर्ताले भक्तपुरको पार्टी कार्यालयमा तालबन्दी गरेपछि मंगलबार (आज) सरोकारवालाहरुबीच छलफल हुनेभएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय भक्तपुरले राजनीतिक दल वा सरोकारवालासँग छलफल गर्न लागेको छ । पार्टी भित्रका विवाद समाधान गर्न निर्वाचनको वातावरण बनाउने, उम्मेदवारको मनोनयनका लागि तयारी गर्नेलगायतका बिषयमा छलफल गर्न लागेको निर्वाचन कार्यालयले जनाएको छ ।
छलफल दिउसो दुई बजेपछि जिल्ला समन्वय समितिको सभाहलमा हुनेभएको छ । भक्तपुरको क्षेत्र नं. १ अन्तर्गतको प्रदेश क बाट निर्वाचित तत्कालिन एमालेका प्रदेश सभा सदस्य हरिशरण लामिछानेको निधन भएपछि खाली भएको ठाउँमा निर्वाचन हुन लागेको हो ।
उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले देवीप्रसाद ढकाललाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । उहाँ तत्कालिन नेकपा माओवादीका नेता भएकाले तत्कालिन नेकपा एमालेका नेताहरुले अहिले असन्तुष्टी जनाएको बताइएको छ ।
(radionrn)






















