राष्ट्रपतिद्वारा सातै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार सातै प्रदेशमा प्रदेश प्रमुख नियुक्त गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा भण्डारीले प्रदेश नम्बर १ मा सोमनाथ अधिकारी ‘प्यासी’, प्रदेश नम्बर २ मा तिलक परियार, प्रदेश नम्बर ३ मा विष्णु प्रसाद प्रसाईँ, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश नम्बर ५ मा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्द प्रसाद कलौनी र सुदूर पश्चिम प्रदेशमा सर्मीला कुमारी पन्तलाई नियुक्त गरेकी हुन् ।

यसअघि सोमबारै बसेको नेकपा सचिवालय बैठकले नाम टुंगो लगाएपछि मन्त्रिपरिषद् बैठकले उनीहरुको नाम अनुमोदन गर्दै राष्ट्रपतिकहाँ सिफारिस गरेको थियो ।

संविधानको धारा १६३ को उपधारा २ बमोजिम राष्ट्रपतिले उनीहरुलाई प्रदेश प्रमुखमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले सोमबार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सरकाले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा सरकारको पालामा नियुक्त भएका सातै प्रदेशका प्रदेश प्रमुखलाई आइतबार हटाएको थियो ।उनीहरुलाई हटाएसँगै नेकपा नेतृत्वको सरकारले नयाँ नियुक्त गरेको हो । प्रदेश प्रमुखलाई सरकारको प्रतिनिधिको रुपमा लिइन्छ ।

स्ाेत लोकान्तर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार