२०७६, १५ कार्तिक शुक्रबार: निवर्तमान सभामुख कृष्णबहादुर महराले आफू युवतीको घरमा जाँदै नगएको बयान दिएका छन्। जिल्ला अदालतमा काठमाडौंको बन्द इजलासमा न्यायाधीशसामू बयान दिने क्रममा उनले आफू पीडित भनिएकी ती युवतीको तीनकुनेस्थित कोठामा जाँदै नगएको बताएका हुन्।
यसअघि सरकारी वकिलसँगको बयानमा पनि महराले इन्कारी बयान दिएका थिए। महराले असोज १२ गते साँझ आफू तीनकुने क्षेत्रमा गए पनि संसद सचिवालयकै ती कर्मचारी युवतीको कोठामा नछिरेको बयान दिएका हुन्।
जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलासमा बयान दिइरहेका महराले घटनामा आफ्नो संलग्नता पनि अस्वीकार गरेका छन्। महराले यसअघि अनुसन्धानमा आवश्यक डीएनएका लागि रगत दिन पनि आनाकानी गरेको प्रहरीले जनाएको छ । ढाँटे नढाँटेको पत्ता लगाउन गरिने पोलिग्राफका लागि पनि महरा तयार नभएको बताइएको छ ।






















