निवर्तमान सभामुख महरा थुनछेक बहसपछि कोठमा कि कस्टडीमा ?

यौन दुव्र्यवहारको आरोपमा पक्राउ पर्नुभएका निवर्तमान सभामुख कृष्णबहादुर महराको बिहीबार थुनछेक बहस सुरु हुँदै छ । सम्भवतः बिहीबारै धरौटी वा तारेखमा छुट्ने वा पुर्पक्षको लागि थुनामा पठाउने टुंगो लाग्ने छ ।

धेरै वकिलले थुनछेक बहस गरे समय लाग्ने नत्र आजै टुंगो लाग्ने बताइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले महरालाई काठमाडौं जिल्ला अदालतमा आज पेस गर्ने बताउनुभएको छ ।

संसद सचिवालयकी एक कर्मचारीले यौन दुव्र्यवहारको आरोप लगाएपछि महरालाई १९ असोजमा पक्राउ गरिएको थियो । काठमाडौं जिल्ला अदालतले महरामाथि अनुसन्धान गर्न यसअघि पहिलो पटक १३ दिन र त्यसपछि ५ दिन म्याद दिएको थियो।

प्रहरीले भने अनुसन्धान नसकिएको भन्दै फेरि समय मागेपछि अदालतले पछिल्लो पटक ७ कात्तिकमा थप सात दिन म्याद थपिदिएको थियो । आज थुनछेक बहश भए महरालाई अनुसन्धानका लागि म्याद थप गर्ने वा धरौटीमा रिह गर्ने भन्ने टुंगो लाग्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार