नेकपाले उप निर्वाचन हुने तीनवटै स्थानका लागि उम्मेद्वार छान्यो, तीनैजना एमाले पृष्ठभूमीका

पाँचथर : नेपाल कम्युनिष्ट पार्टि (नेकपा) ले पाँचथर जिल्लाका उप निर्वाचन हुने तीनवटै स्थानका लागि उम्मेद्वारको टुंगो लगाएको छ ।

नेकपाको वुधवार सम्पन्न जिल्ला सचिवालय समितिको बैठकले उप निर्वाचन हुने फाल्गुनन्द गाँउ पालिका अध्यक्षमा वीरबहादुर कुरुम्वाङ, सदरमुकाम फिदिम नगरपालिका १ को वडाध्यक्षमा गजाधर भट्टराई र हिलिहाङ गाँउ पालिका ७ को वडाध्यक्षमा गेहनाथ रिजाललाई उम्मेद्वारका लागि सिफारिस गरेको हो ।

तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र विच पार्टि एकता पश्चात पहिलो पटक हुन लागेको मंसिर १४ गतेको उप निर्वाचनका लागि सिफारिस गरिएका तिनैजना उम्मेद्वार तत्कालिन एमाले पृष्ठभुमीका हुन ।

सदरमुकाम फिदिममा आयोजित बृहद कार्यकर्ता प्रशिक्षणकै आसपासमा बसेको सचिवालय बैठकवाट कुरुम्वाङ,भट्टराई र रिजाललाई उम्मेद्वार सिफारिस गर्ने निर्णय गरिएको एक नम्वर प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका नेकपा पाँचथरका इन्चार्ज इन्द्रवहादुर आङवो(मौसम) ले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार