पाँचथर : नेपाल कम्युनिष्ट पार्टिका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल –(प्रचण्ड) पार्टि एकता प्रकृया टुंग्याउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र आफुविच मत भिन्नता नरहेको दाबी गर्नुभएको छ ।
पाँचथरको फिदिममा आयोजित कार्यकर्ता प्रशिक्षणमा सहभागी हुन पुगेका दाहालले माथिदेखि तलसम्म पार्टीको एकता प्रकृया टुंग्याउँदै अगाडी बढ्ने सन्दर्भमा ढिलाई भइरहेको स्विकार्दै त्यस्मा दुई अध्यक्ष विचको मत भिन्नता कारक नरहेको बताउनुभएको हो । पार्टि एकताका सन्दर्भमा रहेका दुविधा सवै पक्षले अक्षरस पालना गर्न सम्वाद भइरहेको तथा नमिलेका विषय महाधिवेशनसम्म पुग्दा आफैं मिल्ने उहाँको भनाई थियो ।
पार्टि प्रशिक्षणका लागि तयार पारेको हलमा मै जिल्ला कमिटिले पत्रकार सम्मेलन आयोजना गरेकोमा स्थानीय आयोजक माथि व्यंग्य प्रश्तुत गर्दै मन्तव्य राख्न थालेका प्रचण्डले दुई अध्यक्ष विचको सम्वन्धका विषयमा बेला बखत मिडियाले खोतलिदिएको खुलासा पनि गर्नुभयो ।
त्यस्को लगत्तै एकता प्रकृयाका सन्दर्भमा नमिलेका विषयमा हिजो मात्रै आफु,प्रधानमन्त्री र संसदीय उपनेताविच छलफल भएको भएको भन्दै
दाहाल केहिवेर अघि सोहि मञ्चमा दिएको अभिव्यक्तिबाट चिप्लिनु भएको थियो । सोहि कार्यक्रममा बोल्दै दाहालले शान्ति प्रकृयालाई निश्कर्षमा पु¥याउन पार्टि सरकार र प्रतिपक्षी दलविच संम्वाद भइरहेकाले द्धन्दकालिन मुद्धाको चाँडै टुंगो लाग्ने उहाँको भनाई थियो ।
केन्द्र र प्रदेश हुँदै जिल्ला तहसम्म पार्टि एकता भइसकेपनि प्राविधिक रुपमा केहि समस्याहरु रहेको भन्दै कार्यकर्ता माझ भावनात्मक एकताको शन्देश दिन भन्दै नेकपाको जिल्ला कमिटिले पाँचथरमा प्रशिक्षण कार्यक्रम आयोजना गरेको जिल्ला अध्यक्ष राजकुमार भण्डारीको भनाई थियो ।
प्रशिक्षणमा अध्यक्ष दाहाल,महासचिव,विष्णु पौडेल र संसदीय दलका उपनेता सुवाषचन्द्र नेम्वाङ सहभागि थिए । प्रशिक्षणमा जिल्ला,पालिका र इलाका कमिटिका ६ सयको सहभागिता रहेको नेकपा पाँचथरले जनाएको छ ।
अर्को एक प्रसंगमा दाहालले प्रधानमन्त्रीले आफ्नो तजविजमा मन्त्री मण्डल फेरवदल गर्न सक्ने पनि स्पष्ट पारे ।






















