कहिले शिष्ठ, भाषा त कहिले विकास देख्न नसकेका जस्ता, विषय उठाएर सामाजिक सञ्जालमा चर्चाको पात्र बन्दै आउनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले फेरी सरकार पुर्नगठनको विषय उठाउनुभएको छ ।
आफ्नो रफ्तारमा मन्त्रीहरु र मन्त्रीहरुको रफ्तारमा कर्मचारीहरुले काम नगर्दा जनअपेक्षा अनुसार सरकार जान नसकेको ठहरमा ओलीले सरकार पुर्नगठनको कुरा अहिले सम्म तीन पटक उठाइसक्नु भएको छ । तर, सरकार असफल हुनका मुख्य कारणमा भने प्रधानमन्त्रीको थिंकट्याँक पुग्न सकेको छैन् ।
सरकारको नेतृत्व सम्हालेको ६ महीनामै ओलीले मन्त्रीहरुलाई सिंहदरबारमै बोलाएर तीनसाताभित्र देखिने गरी काम गर्न निर्देशन दिनुभएको थियो भने मन्त्रीहरुले मातहतका कर्मचारीलाई निर्देशन दिएका थिए ।
जनताले चाहेअनुसारको विकास गर्न प्रधानमन्त्री ओलीले मन्त्रीपरिषदमा मात्र हैन, अन्तर प्रदेश परिषदको बैठमा समेत दर्जनौ पटक निदेर्शन दिदै आउनुभएको छ ।
पटक पटकको निर्देशनबाटपनि मन्त्री र कर्मचारीमा कुनै परिवर्तन नआएपछि ओलीले सरकारले गरेका विकासका कामलाई नदेख्नेले आँखा च्यातेर हेर्न समेत आग्रह गर्दै मन्त्रीमण्डल पुर्नगठन हुनेकुरा दोहोर्याएनु भयो ।
संविधानले सिंहदरबारका अधिकार स्थानीय तहलाई दिने भने पनि सरकारले दुइतिहाइको बलियो प्रधानमन्त्रीलाई सुप्रिम बनाउने भन्दै ५० अर्वमाथिका आयोजनाहरु बिना प्रतिस्पर्धा दिन सकिने निति बनायो । जस्ले गर्दा सरकारको पहुँचमा रहेका पार्टी निकट ठेकेदार मात्र हैन, स्वयंमन्त्रीहरु समेत मोटाए । तर, यो बेथिति प्रति प्रधानमन्त्रीको थिंकट्याँक बेखबर जस्तै बनेको छ ।
पछिल्लो समय आएर प्रधानमन्त्री ओलीले सरकारले केहि गर्न नसकेको भन्ने भनाईहरुको पनि कडा रुपमै प्रतिबाद गर्न थाल्नु भएको छ । सरकार प्रति सामान्य नागरिक मात्र नभएर सत्तारुढ दल नेकपानै असन्तुष्ट छ ।
सत्ता पक्षबाटै सहयोग नपाएको भन्दै विभिन्न कोणबाट सरकारका कामको मुल्याङकन गरिरहेकाहरु माथि जाइलाग्ने प्रधानमन्त्री ओलीले काम भने गर्न नसकेको राजनितिक बिश्लेषक डा. लोकराज बरालको भनाइ छ ।
चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण र निवर्तमान सभामुख महरा लगायतका केहि नेताहरुको गिरफतारी अहिले प्रधानमन्त्री ओलीका लागि सफलताको कडी बनेको छ।
कहिले प्रतिपक्षमाथि त कहिले आलोचकमाथि अरिङ्गालकै शैलीमा जाइलाग्न निर्देशन दिने प्रधानमन्त्री ओलीले पार्टीभित्र माओबादी पक्षका मन्त्रीहरु परिवर्तन गर्ने संकेत गरिसकेका छन् । यसैले पनि अहिले नेकपाकै नेताहरु काम गर्न नसक्ने मन्त्रीहरु तत्काल परिवर्तन गर्नुपर्ने पक्षमा देखिएका छन् । नेकपाका बरिष्ठ नेता झनाथ खनाल ।
सरकार सफल नहुँनुमा नेकपा नेताहरुले मन्त्रीहरु हटाउनुपर्ने दवाव प्रधानमन्त्रीलाई दिएपनि सरकारले सोचे अनुसार काम गर्न नसक्नुको कारण भने मन्त्रीहरु मात्र नभएको विश्लेषकहरुको बुझाई छ ।
प्रधानमन्त्री तहबाटै काम हुन नसकेकाले मन्त्रीको नाम परिवर्तन हुदैमा जनताले परिवर्तनको अनुभूती गर्न नसक्ने राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दिपेन्द्र बहादुर क्षत्रीको भनाई छ ।
जस्ले जुन कोणबाट सरकारको मुल्यांकन गरेपनि नितिगत संरचनामै सुधारको खाचो भने देखिएको छ । सरकारको आयु दुईवर्ष पुग्न लाग्यो भन्दा पनि अब बाँकी तिनवर्ष मात्रै छ भन्ने हिसावले सरकार अगाडी बढ्न आवश्यक छ ।
समस्याको जरोमै पुगेर त्यसको निदान खोजिएन भने यस्ता मन्त्रीहरुको नेम प्लेट परिवर्तनबाट मात्रै जनचाहना अनुसार सरकार जाननसक्ने पक्का छ ।
स्राेत radioNRN






















