असोज,२८ काठमाडौं : बलात्कार प्रयास गरेको अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज अदालत पेस गरिने भएको छ ।

उच्च रक्तचापलगायतका स्वास्थ्यमा समस्या भएपछि नर्भिक अस्पतालमा भर्ना भएका महराको स्वास्थ्य सुधार भएपछि काठमाडौं जिल्ला अदालतमा पेस गर्ने तयारी भएको स्रोतले बतायो ।

महरालाई शुरुमा सरकारी वकिलसमक्ष बयानका लागि पेस गरिने र त्यसपछि अदालत लैजाने तयारी भएको प्रहरीले जनाएको छ ।

ताजा समाचा