काठमाडौं, असोज २४ चिनियाँ राष्ट्रपति सी जिनपिङको भोलिदेखि नेपालमा हुने राजकीय भ्रमण तालिका सार्वजनिक भएको छ । राष्ट्रपति सी शनिबार बेलुका ५ बजे भारत हुँदै नेपाल भित्रिने कार्यतालिका छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतकाअनुसार सी भारतको तमिलनाडुस्थित चेन्नई अन्तर्राष्ट्रिय विमानस्थलबाट सोझै काठमाडौं आइपुग्ने छन् ।
उनी ४०ः ३० देखि ५ः३० बजेको समय भित्र त्रिभुनव विमानस्थलमा उत्रिनेछन् । साँझ ६ः३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसंग शीतल निवासमा भेटवार्ता गर्ने, ७ः३० बजे राष्ट्रपति विदादेवी भण्डारीले सोल्टी होटालमा आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने कार्यक्रम छ ।
त्यसैगरि आइतबार विहान १०ः३० बजे द्विपक्षीय सम्झौताहरुमा हस्ताक्षर हुने र १२ः३० बजे सी नेपालको दुई दिने भ्रमण सकेर स्वदेश फर्किने कार्यक्रम रहेको छ । यसैविच चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि संघीय सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
सीको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिनेबारे गृहमन्त्रालयले विहीबार मन्त्रिपरिषद बैठकमा प्रस्ताव पेस गरेको थियो । सो प्रस्ताव पारित भएपछि आइतबार सार्वजनिक बिदा दिइने भएको हो ।
सरकारले विभिन्न देशका राष्ट्रप्रमुख तथा प्रधानमन्त्री आउँदा सम्मान स्वरुप सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
यसअघि भारतीय प्रधामन्त्री नेपाल आउँदा पनि सार्वजनिक बिद दिइएको थियो । चिनियाँ राष्ट्रपति भोलि शनिबार राजकीय भ्रमणका लागि नेपाल आउँदैछन् ।
राष्ट्रपति सी शनिबार र आइतबार नेपालमा रहनेछन् । सीको भ्रमणलाई सफल पार्न सरकारले तयारी तीब् पारेको छ । जसका लागि सुरक्षा व्यवस्था पनि चुस्त पारिएको छ ।






















