सभामुखलाई प्रधानमन्त्रीद्वारा राजीनामा दिन निर्देशन

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई पदबाट राजीनामा दिन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीले अध्यक्ष पुष्पकमल दाहालसँगको छलफलपछि सभामुखलाई राजीनामा दिन निर्देशन दिनुभएको हो ।

सभामुख महरा यौन दुराचार प्रकरणमा मुछिएपछि त्यसबारे प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीचे मंगलबार बिहानै छलफल भएको थियो ।

छलफलपछि सभामुख महारालाई राजीनामा दिन निर्देशन दिनुभएको प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिनुभएको छ । यौन प्रकरणमा मुछिएपछि सभामुख महराको सर्वत्र आलोचना भइरहेको छ ।

सभामुख महरालाई संसद सचिवालयमा कार्यरत महिलाले यौन दुराचारको आरोप लगाएकी हुन् । आइतबार बेलुका तिनकुनेस्थित आफ्नै डेरामा आएर महराले जर्बजस्ती गरेको महिलाको आरोप छ ।

ती महिला स्वास्थ्य मन्त्रालयकी कर्मचारी हुन् । संसदमा स्वास्थ्य सम्बन्धित युनिट छ । महिला त्यो युनिटमा काजमा कार्यरत छिन् ।

नेकपा सचिवालय बैठक बस्दै

सत्तारुढ दल नेकपाले सभामुख महरालाई सभामुखबाट हटाउने निर्णय गर्ने भएको छ । महरालाई सभामुखबाट हटाउने निर्णय गर्न मंगलबार नेकपा सचिवालय बैठक बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे हुने सचिवालय बैठकको निर्णयपछि महराले सभामुखबाट राजीनामा दिने स्रोतले जनाएको छ ।

जनता समाचार बाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार