ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपिट: चितवनमा उपचार सम्भव नभएपछिकाठमाडौं पठाइयो !!

असोज,११ । ‘नेपालका लागि नेपाली’ अभियानका ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपित भएको छ । उनलाई प्रहरीले उद्दार गरेको छ ।

अभियानले चितवनको चौबिसकोटीमा खबरदारी सभा राखेको थियो तर, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सम्वद्ध विद्यार्थीहरुले ‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै कार्यक्रम विथालेका हुन् । लगतै शाहीमाथि कुटपिट भएको छ ।

चौबिसकोटीस्थित होटल ग्लोबलबाट निस्किएर गाडी चढेका उनीमाथि कुटपिट भएको हो । उक्त समूहले शाही चढेको गाडीमा समेत तोडफोड गरेको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई पनि नियन्त्रणमा लिएको छ ।

चितवनमा उपचार सम्भव नभएपछि,काठमाडौं पठाइयो !!

अज्ञात समूहको आक्रमणबाट घाईते भएका ज्ञानेन्द्र शाहीलाई थप उपचारका लागि काठमाडौंमा पठाइएको छ । चितवन मेडिकल कलेजमा उपचार गराइरहेका शाहीको अवस्थामा केही गम्भिरता देखिएपछि थप उपचारका लागि काठमाडौं पठाइएको हो ।

शाहीलाई यति एयरलाइन्सको अन्तिम फ्लाईटमार्फत काठमाडौं लगिएको प्रहरीले जनाएको छ । शाहीलाई आज दिउँसो भरतपुरको चौबिसकोठीस्थित ग्लोबल होटलमा अज्ञात समूहले कुटपिट गरेका थिए । शाहीले आफुलाई भष्ट्राचार बिरोधी अभियान्ता भन्दै आएका थिए ।

प्रहरीका अनुसार बा ३ ख ४५ नम्बरको माइक्रोबसमा आक्रमण हुँदा शाही घाइते भएका थिए । उनको टाउको, खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । ढुंगा प्रहारबाट गाडीको चारैतर्फका सिसा फुटेको छ ।

आक्रमणमा घाइते भएका ज्ञानेन्द्र शाहीको उपचार भइरहेको छ । चितवन मेडिकल कलेजको आकस्मिक कक्षमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

भ्रष्टाचार विरुद्धको अभियान भन्दै कार्यक्रम गर्न चितवन पुगेका शाहीमाथि आज दिउसो आक्रमण भएको थियो । आक्रमणमा शाहीसँगै उनी पक्षका अन्य आठ जना घाइते भएका थिए ।

एक जना आक्रमणकारी श्याम थापा घाइते छन् । उनको पनि आकस्मिक कक्षमा उपचार भइरहेको छ ।

कार्यक्रमस्थल चौविसकोटीमा जाने क्रममा चितवनको ग्लोबल होटलबाट निष्किने क्रममा शाहीमाथि आक्रमण भएको थियो । पाँचरछ जनाको संख्यामा आएको युवाको समूहले शाही माथि आक्रमण गरेको थियो ।

शाही चढेको माइक्रो बसमा पनि आक्रमणकारीले तोडफोड गरेका छन् । चितवनको चौविसकोटीमा आयोजना गरिएको कार्यक्रमलाई शाहीले संबोधन गर्ने तयारी गरिरहेका थिए ।

केही दिन अगाडि नेपालगन्जबाट काठमाडौं आउने क्रममा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईलाई अपशब्द प्रयोग गरेको तथा हुलहुज्जत गरेको अभियोगमा शाहीलाई प्रहरीले नियन्त्रणमा लिएर छोडेको थियो ।

शाही आफूलाई भ्रष्टाचारविरोधी नागरिक अभियन्ता बताउँदै आएका छन् ।

स्राेत online khabar / taja samachar

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार